ईशू
म नजिक आएर
एकाएक मदेखि टाढा भई
टुक्रिएर चोइटिएर
उदास हुँदै रिसाएर
रुँदै तोडी
मेरो आत्मीय मन
र मित्रता
ईशू
मलाई प्रत्येक बिहान
नुहाइदिन्थी फूलको सुवासले
सिकाउँथी प्रेमिल पाठ
मभित्र भर्थी
संघर्ष गर्ने क्षमता
भर्थी, बाँच्नुको मोह
सिकाउँथी आदर्श र नैतिकता
ईशू
स्वर्गको परी जस्तै थिई
उसलाई पाएर
म भएको थिएँ ऊर्जावान
एकै क्षणमा नाप्थें
आकाश र धर्ती
र एकाएक हराउन थालेको थिएँ
ऊसंगै स्वर्णिम यथार्थमा
ईशू
मेरो रंगहीन निस्सार जीवनमा
भर्थी
आफ्नो अनुभवको इन्द्रेणी रंग
आफ्नो अनौठो शिल्प र कलाले
पार्थी मेरो जीवन सार्थक
ईशू
मेरो जीवनको अभिन्न अङ्ग थिई
ऊबिना मेरो जीवनको मूल्याङ्गन
असम्भव थियो
म ऊबिना अपूर्ण थिएँ
तर अनायास
ऊ र म बीच
एउटा झुटो मोड आयो
चाहिने नचाहिने कुराहरु आए
द्वन्द्घ आयो
मतभेद आयो
विवश भएर ऊ र म
टुक्रियो, चोइटियो र विभाजित भयौं
बितेका तीता मीठा यादहरु सँगाल्दै
फेरि केहि क्षणपछि
म विक्षिप्त हुदैं बोलाएँ उसलाई
ईशू कहाँ छौ तिमी
कहाँ गयौ रु
मेरो आवाज सुन्नेसाथ
आऊ म नजिक
मलाई सिकाऊ बाँच्ने सूत्र
जगाऊ मेरो मृत: उत्साह
र ऊचाईदेऊ
मेरो जीवनको गहिराईलाई
अचानक झल्यॉस आँखा खुल्यो
म ओछयानमा थिएँ
म नजिक हाँसिरहेको थियो
एउटा बिहान
म सपनामा थिएँ
यतिन्जेल सबै दृश्य परिदृश्य
फगत एउटा सपना थियो
अब म सपनामा होइन
वास्तविक जीवनमा
यस्तो ईशू खोजिरहेछु
जसले मेरो जीवनमा
वास्तविक उज्यालो दियोस
कॉडा होइन, फुल दियोस
घाम होइन, जून दियोस्
तपाईहरुलै कतै —
यस्तो ईशू देख्नु भएको छ ?
[caption id="attachment_25323" align="alignleft" width="308"] कवि मिथिलेश आदित्य[/caption]