रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सजाए

<span class='c1'>रोजगारीका लागि विभिन्न देशमा पुगेका</span> <span class='c2'>१९ जना नेपालीलाई मृत्युदण्ड सजाए</span>

यस्तै अन्य १६ जना फैसलाको पर्खाईमा छन् । उनीहरुलाई पनि मृत्यु दण्ड हुनसक्ने सम्बन्धीत देशका नेपाली दूतावासले जनाएका छन् । मृत्युदण्ड सुनाइएका मध्य केहिले भने नेपालीकै हत्या गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयले दिएको तथ्याँक अनुसार विभिन्न देशमा अन्य घटनामा जेल पर्नेको संख्या भने २ सय ३१ छ । यी मध्य २ सय १९ पुरुष र १२ जना महिला छन् । श्रोतका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना जेलमा रहेका छन् । केहि अदालति प्रक्रियामा रहेका र बाँकी ६ महिनादेखि १५ वर्ष सम्म जेल सजाए सुनाइएका हुन् । २२ जनालाई भने जन्म कैदको फैसला भएको छ । सामान्य घटनामा जेल पर्नेकाे संख्या अझै धेरै छ ।

कुवेतमा मृत्युदण्ड सुनाइएका सबै मुद्धामा पुनरावेदन हुने भएको छ भने, थप पाँच जनालाई पनि मृत्युदण्ड हुन सक्ने त्यहाँको दूतावासले जनाएको छ । यसअघि जस्तै ५ जनालाई ड्रग्सको कारोबारमा संलग्न भएको अभियोग लागेकाले मृत्युदण्ड हुनसक्ने अनुमान गरिएको छ ।

साउदीमा पनि थप ८ जनालाई मृत्युदण्ड हुन सक्ने त्यहाँको दूतावासले जनाएको छ । ६ जनालाई हत्या र २ जना ट्राफिक दुर्घटनाको अभियोग लागेको छ ।

उनीहरुलाई पनि यस अघि मृत्युदण्ड सुनाइएकाको जस्तै मुद्धा चलिरहेको छ । युएईमा थप तीन वटा हत्या अभियोगमा मुद्धा चलिरहेकाले मृत्युदण्ड हुनसक्ने छ । मलेसियामा भने एक जनाले सफाई पाएका छन् ।

मृत्युदण्ड सुनाईएका मध्य ब्लडमनि बापत २१ करोड ४५ लाख ३५ हजार २ सय ५० रुपैयाँ तिर्नु पर्ने छ । यस बाहेक केहि रकम जरिवाना थपिन सक्ने सम्बन्धी देशका दूतावासले जनाएका छन् ।

नेपाल सरकारले विदेशमा मृत्युदण्ड सुनाइएका नेपालीलाई व्लडमनि तिरेर फर्काउने भने पनि नेपाली नै मारेका कारण थप समस्या देखिएको छ । मृतकका परिवारले ब्लडमणि स्वीकार्न मानेका छैनन् ।

प्रधानमन्त्रीका एक सल्लाहकारले भने, ‘व्लडमनि तिरेर फर्काउने तयारी गरेका थियौं, तर केहिले नेपाली नै मारेका कारण समस्या भएको छ । एउटालाई फर्काउँदा अर्को नेपालीलाई पीडा हुने भएकाले के गर्ने भनेर निर्णय गर्न सकेका छैनौं । आफन्त गुमाएका नेपालीले ब्लडमनि स्वीकारेका छैनन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्