टच डान्स स्टाेरी : “जसले बाँच्नका लागि नाच्छन्”

टच डान्स स्टाेरी : “जसले बाँच्नका लागि नाच्छन्”

'टच डान्स स्टुडियाे' विराटनगर र वरिपरिकाहरू सँगै नेपाली युट्युब च्यानलहरू प्रति लगाव राख्नेहरूका लागि सुनिरहेकाे नाम हाे । यहाँका हरेक जसाे ठुला स्टेज कार्यक्रममा अाकर्षक नृत्य देखाउन खप्पिस याे समुहकाे मियाेका रूपमा रहेका निश्चल राणाकाे कथा यस अंकमा हामी प्रस्तुत गर्दैछाैं ।

'विराटनगर र डान्स' सम्मकाे यात्रा
मेराे घर माेरङकाे बाहुनी बाेराबाँधमा छ । अहिले बेलबारी नगरपालिका भएकाे छ क्यारे । एसएलसी सकेपछि म पढ्नका लागि विराटनगर अाएँ । सुरूमा विराटनगरकाे पिचरामा अाफन्तकाेमा बस्थे। महेन्द्र माेरङमा अाइएसी पढ्थे । त्यही बेला तिनपैनीकाे पुर्वाञ्चल डान्स स्टुडियाेमा डान्स सिक्न थालें । पुर्वाञ्चलमा सिक्दै गर्दा साइमन राजवंशीले ट्राफिक चाैकमा साइमन्स डान्स इन्स्चटिच्युट खाेल्नु भयाे । हामी केहि साथीहरू इन्स्ट्रक्टरका रूपमा काम गर्दै सिक्न पनि थाल्याैं । पछि डान्स इन्स्टिच्युटले डान्सलाइ भन्दा धेरै व्यापारिक माेडललाइ बढि अपनाए पछि हामी टाढियाैं र अाफ्नै केहि सुरू गर्नु पर्छ भनेर लाग्याैं। हामी सबैकाे अार्थिक स्थिति कमजाेर थियाे । ठुलाे स्टुडियाे खाेल्न सक्ने कुरै थिएन । त्यसैले एउटा बन्द भइसकेकाे स्कुलकाे भत्केकाे काेठामा प्राक्टिस गर्न थाल्याैं । त्याे बेला काेठाकाे ५ हजार रूपैया हरेक महिना तिर्नु पर्थ्याे ।
समुहमा रंजित शर्मा, अायुष मगर, समिक्षा कार्की, मनिष कटुवाल, अच्युत नेपाल, सुभाष विष्ट र म  अावद्ध थियाैं । हामी बाँडेर पैसा तिर्थ्याैं । बेला बेला पफर्महरू पनि गर्थ्याैं । पफर्म गर्नु पर्दा सुरूमा हामी सुप्रिम साेल डान्स क्रु भनेर काम गर्थ्याैं ।

अप्ठ्याराे समय
विराटनगरमा त्यतिबेला डान्स क्रुमा केटि हुनै पर्छ भन्ने मान्यता थियाे , त्याे मान्यता अझै हटेकाे छैन । हामीसँग भने एक जनामात्र केटि हुँदा धेरैले 'तिमिहरूसँग केटि नै छैन' भनेर पफर्म गर्न दिन अानाकानी समेत गर्थे । कतिले त 'तिमिहरू अाइटम डान्स नै धेरै गर्दैनाैं' भनेर गुनासाे समेत गर्थे । हामी पियाेर डान्स देखाउनु पर्छ भन्ने साेच राख्ने , अाइटम डान्स खासै गर्न मान्दैनथ्याै , यसले हाम्राे क्रु प्रतिकाे गलत अर्थ बस्छ भन्ने पनि डर थियाे।
सिक्न अाउनेकाे कमि, पर्फमेन्सका अवसरहरू धेरै नअाउँदा र अाफुसँग पैसा नहुँदा काेठाकाे ५ हजार पनि तिर्न गाह्राे हुन थाल्याे ।
पछि साइमन सरले साइमन डान्स स्टुडियाे छाड्नु हुने भएपछि उहाँकाे पार्टनर मुमताज खानले हामीलाइ फेरी बाेलाउनु भयाे । हामिलाइ पनि अप्ठ्याराे परेकाे थियाे, हामी प्राक्टिस गर्न पाउने लाेभमा गयाैं । एक डेड वर्ष त्याे इन्स्टिच्युट चलाएपछि फेरी हामीलाइ गाह्राे हुन थाल्याे, म्यानेजमेन्ट र डान्स दुबै हेर्नु अप्ठ्याराे भएकाे थियाे । न सिकाउन मजाले सक्याैं न सिक्न नै । अनि प्राक्टिस नै गर्नका लागि भनेर फेरी छुट्टियाैं ।
त्याे बेला हाम्राे पुरानाे थलाे पनि हामीसँग थिएन । हामीले बरगाछीकाे नेपहप इन्स्टिच्युटले प्राक्टिस गर्ने ठाँउ दिने भयाे । त्यही भेला भएर प्राक्टिस गर्थ्याैं । हामीलाई अप्ठ्यारो परेको समय धेरै व्यक्तिहरुले सहयोग गर्नु हुन्थ्यो । ति मध्ये नवराज पोख्रेल एक हुनुन्थ्यो । मलेशियामा बस्ने उहाँले हामीलाई अप्ठ्यारो पर्योकि सहयोग गर्नु हुन्थ्यो । स्टुडियोलाई मात्र हैन मलाई अध्ययनमा पनि उहाँको सहयोग छ ।

नयाँ थलाे र पहिचान
एउटा कम्पिटिसनका लागि हामीले अहिलेका घरबेटि रवि तुलाधर जिकाे छाेरीलाइ एउटा डान्समा तयार पारेका थियाैं । उहाँले सायद त्यहि बेला हाम्राे काम मनपराउनु भएकाे थियाे । हाम्राे अवस्था बुझेरै हाेला उहाँले मसँग प्रस्ताव राख्नु भयाे । 'मेराे घर पछाडी जमिन खाली छ, म हल तयार पारिदिन्छु, भाडामा लिने हाे ?', हामीलाइ ठाँउकाे अावश्यक्ता अति नै थियाे । मैले सहजै स्विकारें । उहाँले घर पछाडीकाे जग्गामा माटाे पुरेर हल तयार पारिदिनु भयाे । अहिले मासिक १२ हजार तिरेर हामी बसेका छाैं । डान्स सिक्नेहरू र हामी सबैलाइ धेरै नै सजिलाे बनाएकाे छ ।

पियाेर डान्स, अरू केहि हाेइन
व्यवस्थित हल भएकाले हाेला, अहिले डान्स सिक्ने इच्छा भएकाहरु जाेडिदै गएका छन् । म काेहि नयाँ अाउँदा पहिले नै भन्ने गर्छु रमाइलाे वा अरूलाइ देखाउनका लागि डान्स सिक्न अाउनेहरूकाे लागि भने याे सहि ठाँउ हाेइन । म्युजिक बजाएर नाच्ने मात्र नभइ पियाेर डान्स गर्छु भन्नेहरूले भने डान्स सिक्न पाउछन् ।
डान्स गरेर अाेभर नाइट फेम कमाउन अाउने, कसैकाे अगाडी हिराे हुन खाेज्नेहरूलाइ पहिले नै क्लियर गरिदिन्छु 'यस्ताे केहि हुनेवाला छैन ।' त्यसैले मसँग जाे पायाे त्यहि सिक्न अाउदैनन । जतिले सिक्छन् तिनिहरूले पियाेर सिकिरहेका छन् ।
हामीसँग सबै थरीका मान्छे सिक्न अाउछन् । कपडा पसल, माेबाइल पसलमा काम गर्ने, पत्रिका बेच्ने, हाेटलहरूमा काम गर्ने देखि कामकाजी महिलाहरू पनिअाउँदा खुसी लाग्छ ।  केहि महिलाहरू हरेक बिहान एक्सरसाइज गर्न अाउनु हुन्छ ।

अर्बन स्टाइल, हाम्राे स्टाइल । युट्युब र अनलाइनबाट सिक्छाैं नाच्न
हामीले गर्ने प्राय डान्समा अर्बन स्टाइलकाे हुन्छ । याे स्टाइल सबे भन्दा उन्नत स्टाइल हाे मेराे बिचारमा। याे हिपहप, फंक, ग्रुप , लकिङ, पपिङ सबैकेा मिक्सअप हाे । मैले काठमाडाैंमा दुइ दिनकाे हिपहपकाे तालिम पनि लिएकाे छु । नाच्न सिकाउने भनेर गएकाे थिए तर जजिङकाे तालिम रहेछ । त्याे तालिमले डान्सलाइ अझ डिपमा बुझ्न सहयाेग पनि गर्याे । त्यहि पछि हामी हिपहप इन्टरनेसनलकाे सदस्य पनि भएका छाैं । यि स्टाइलहरू युट्युबका भिडियाेहरूबाट सिक्न थालेका हाैं । पछिल्लाे चरणमा युट्युबमा मात्र नभइ अनलाइनमा पैसा तिरेर पनि सिकिरहेकाे छु । २ देखि ३ महिना भयाे अनलाइनमा काेर्स गर्न थालेकाे । अनलाइन सिक्न भन्दा उपाय पनि छैन यहाँ ।

फ्रान्सकि फ्यानेटले विराटनगर अाएर हामीलाइ नाच्न सिकाइन्गत वर्ष फ्रान्सबाट लकिङ डान्सकाे तालिम दिन लागि फ्यानेट विराटनगर अाउनु भएकाे थियाे । हाम्राे सामर्थ्यले उहाँलाइ कदापी ल्याउन सक्दैन थियाैं तर यस्ताे संयाेग जुर्याे उहाँ अाउनु भयाे हप्ता दिनसम्म हामी ४०-४२ जनालाइ फ्रिमा डान्स सिकाउनु भयाे । अहिले सम्झन्छु:
काठमाडाैंमा वर्कसप सिक्न गएकाे थिए । एक दिन भाग्यवस हाम्राे इन्सट्रक्टर फ्रयानेटलाइ उहाँकाे हाेटलसम्म पुर्याउने अवसर पाँए । त्यहि बेला मैले उहाँसँग कुरा हुँदा 'हामी युट्युबका भिडियाे हेर्दै डान्स सिक्छाैं' भन्दा उहाँले छक्क पर्दै साेध्नु भयाे 'काेहि छैन सिकाउने?' , मैले त्यहि बेला प्रस्ताव राँखे 'यदि तपाइ सिकाउन अाउनु हुन्छ भने हामी निक्कै खुसी हुनेछाैं ।' उहाँले 'याे पटक नसक्ने र फेरी अाँउदा भने पक्का विराटनगर अाउछु, बाचा भयाे' भनेर भन्नु भयाे ।
पछि मैले नै सायद उहाँकाे बाचा बिर्सी सकेकाे थिए , यता याे स्टुडियाे पनि सुरू गरेका थियाैं । उहाँले त्यहि बिच मेसेज लेख्नु भयाे । 'म अाउदैछु निश्चल तयारी गर...' ।
फ्रान्सबाट, एक्ली छाेरी मान्छे, एक दिन भेटेकाे नाैलाे केटाकाे समुहलाइ डान्स सिकाउन यति पर अाउनु सायद डान्सप्रतिकाे लगाव कै जादु थियाे ।

युट्युबसम्मकाे यात्रा

युट्युबमा हामीले हालेकाे गल्लन गुडिया भन्ने गितकाे कभर डान्समा १० लाख बढि भ्युहरू छन् । त्याे डान्स पहिले माेबाइलबाट खिच्याैं र युट्युबमा हाल्याै, पछि त्यसैले १० लाख बढि भ्यु पायाे । मानिसहरूले मन पराइदिए । त्याे बेला हामीसँग क्यामेराहरू थिएन । अहिले भने हामीसँग भिडियाे खिच्न अावश्यक सबै अाधारभुत सामाग्री छ ।
मेराे गाँउले दाइ शम्भु राइ भन्ने हुनुहुन्छ । उहाँले गाँउमा नाचेकाे देखे पछि मलाइ पनि नाच्नु पर्छ भन्ने थाहा भयाे ।अहिले सिंगापुर प्रहरीमा हुनु भएकाे उहाँले हाम्राे मेहनत देखेर मलाइ क्यामेरा पठाइदिनु भयाे । पछि म अाँफैले पनि भिडियाेग्राफि र एडिटिगंकाे तालिम लिएँ । अहिले भिडियाे खिच्न, हाल्न धेरै सजिलाे भएकाे छ । युट्युबमा हामीले हालेकाे भिडियाेले पनि संसारभरी पहिचान पाउन थाले पछि अझ खुसी लागेकाे छ ।

[caption id="attachment_32417" align="aligncenter" width="960"] नेपाली सिने जगतका काेरियाेग्राफर गम्भिर विष्टसँग निश्चल राना । विष्टलाइ उनी अाफ्नाे गुरू मान्दछन् । विष्टसँग नै उनले हिपहप, साल्सा र कन्टेम्पाेररी डान्स सिकेकाे हुन् ।[/caption]

पियाेर डान्स गरे अवसर नै अवसर छ 
डान्स मात्र गरेर के हुन्छ ? भन्नेहरू नि हुन्छन् । तर मलाइ यहि क्षेत्रमा पनि अवसर छ भन्ने विश्वास छ । झापा विर्तामाेडमा कल्चर डान्स सिकाउने शिक्षक अमित प्रसाँइ अहिले विराटनगरमा मसँग अर्बन डान्स सिक्न एक हप्तादेखि सँगै बस्नु भएकाे छ । डान्स सिकाएर मात्र उहाँकाे मासिक अाम्दानी मात्र ८०-९० हजार हाेला । कला भए अवसर पनि छ । अनि अहिले पाे अर्बन डान्सकाे त्यति धेरै स्काेप नहाेला त तर भविष्य यहि डान्स स्टाइलकाे हाे भन्नेमा म विश्वस्त छु ।
डान्स अाफैमा राम्राे कुरा हाे , एक्सरसाइज मात्र हाेइन । यदि पियाेर डान्स गर्न थाल्नु भयाे भने झगडा , नराम्राे कुरा तिर मन जाँदैन । कति मुव सम्झनु पर्ने हुन्छ । समयमा सुत्ने , उठ्ने, शरिरकाे ध्यान राख्नु पर्याे ।

डान्सले के दियाे ?
'निक्कै थाेरै कुरा मात्र हाेलान् लिस्टमा...' यदि तपाइले मलाइ 'डान्सले के दियाे ?' भनेर साेध्नु हुन्छ भने । तर म अाँफैले कहिले याे प्रश्न अाँफुलाइ साेधिन । मैले केहि पाउछु भनेर डान्स गर्न थालेकाे पनि हाेइन ।डान्सले मलाइ केहि दिअाेस् भन्ने अाशा पनि गर्दिन ।
तर पनि टच डान्स स्टुडियाे चलाउँदा भने अहिले केहि अवस्था भने सुध्रिएकाे छ । मलाइ याे स्टुडियाेले ठिक्क पुगेकाे छ तर क्रु लाइ भने पुगेकाे छैन । त्यसैले सबैले फरक फरक तिर काम पनि गरिरहेका छन् । मनिष अर्काे स्टुडियाेमा सिकाउछन्, समिक्षा स्कुल कलेजमा डान्स सिकाउछिन ्। तर फेरी क्रुकाे प्राक्टिसका लागि सबै एकै ठाँउमा भेला हुन्छाैं । मेराे घर खर्च मैले चलाउनु पर्दैन त्यसैले पनि पुगेकाे हाेला, बुबा चन्द्रबहादुर मगर सिमेन्टकाे घरहरू बनाउनु हुन्छ । उहाँकै अार्थिक स्राेतबाट घर चल्छ ।
सुरूवातका क्रु मेम्बर रंजित शर्मा कपि उद्याेग चलाएर बसेका छन् । अावश्यक पर्दा सहयाेग गर्नु हुन्छ । सुवाष विस्ट भाइ विदेशमा हुनु हुन्छ । अायुषले अाफ्नै इन्स्टिच्युट चलाउछन् । तर अावश्यक पर्दा सँगै काम पनि गर्छाैं । अरू त सँगै नै छाैं । नयाँ पनि केहि थपिएका छन् ।

अब ?
अागामी दिनमा पनि बढि प्राथमिकता दिएर युट्युबलाइ नै निरन्तरता दिन्छु। लाइभ पर्फम गराउँन अाउँदा एक दिनमा याे गित तयार गरेर अाइज भनेर भन्छन् । जुन निक्कै गाह्राे हुन्छ । युट्युबमा भने फ्रिडम छ । तयारी, प्राक्टिस सबै अाफ्नै हिसाबले गर्न सकिन्छ । त्यसैले पनि याे मेराे पहिलाे छनाैट रहनेछ ।
साथै विराटनगरमा एउटा पियाेर डान्स कम्पिटसन गराउने इच्छा छ । यस भन्दा अघि हामी अाफैले पनि त्यस्ता प्रतियाेगिताहरुकाे पिडाँ भाेग्याैं । बिजेता भए बापतकाे रकमहरू अझै हामीले नै पाएका छैनाैं । मानिसहरूकाे डान्स प्रतियाेगिताबाट विस्तारै विस्वास उठ्दै पनि गएकाे छ । त्याे अवस्था सुधार गर्न पनि प्रतियाेगिता गर्ने साेच छ ।
कार्यक्रमहरूमा पर्फम पनि गरिरहनेछाैं । कार्यक्रमहरूमा नाच्न जाँदा दर्शकहरूले रेगुलर छन् है भन्ने थाहा पाउछन् । धेरैले चिन्छन् । तर धेरै अायाेजकले मिहिनेत अनुसारकाे परिश्रमीक दिन खाेज्दैनन् । राम्राे कुरा भने विराटनगर र वरिपरि यस्ता थुप्रै कार्यक्रमहरू हुन थालेका छन् । हामीलाइ यहि क्षेत्रमा लागिरहेकाे देख्न पाउनु हुनेछ ।

म डान्स गर्दा खुसी हुन्छु । जब नाँच्छु तब अाफु बाँचिरहेकाे छु भन्ने अनुभव गर्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्