“अहिलेका राजनैतिक दलमा तल देखि माथि सम्मै पद्धतिविहिन अवस्था छ” – डा तिलक खनाल

<span class='c1'>“अहिलेका राजनैतिक दलमा तल देखि माथि सम्मै</span> <span class='c2'>पद्धतिविहिन अवस्था छ” – डा तिलक खनाल</span>

गौरादह नगरपालिकामा लायन्स क्लब अफ गौरादहको चार्टर प्रेसिडेन्टको रुपमा समाजसेवा साथै दन्त चिकित्सक डा. तिलक खनाल अहिले नयाँ बैकल्पिक राजनीतिक शक्तिको रुपमा रहेको साझा पार्टीको अभियानलाई अहिले गौरादहमा स्थापित गर्ने अभियानमा हुनुहुन्छ । उहाँसंग आवर बिराटनगरले गरेको कुराकानी :

१)तपाईं साझा पार्टी भित्र आवद्ध हुनुहुन्छ ?
> वास्तबमा म मात्रै हैन हरेक विवेकशिल नेपाली नागरिकले यो अभियानमा आवद्ध हुनु जरुरी छ । राजनैतिक परिवर्तन बार बार भए पनि शासन गर्ने प्रवृत्ति बद्लिन सकेन , जनता अनि समग्र नेपाल राष्ट्रले परिवर्तनको वास्तविक महशुस गर्नै सकेनन् । विश्वको सम्मृद्ध परिवेसमा हामी धेरै पछि परेका छौं । अहिलेको राजनैतिक संस्कारले नेपाल सम्मृद्ध बन्न सक्दैन भन्ने निस्कर्षमा पुग्दै अहिले सम्मका ईतिहासलाई सम्मान दिदै वैकल्पिक शक्तिको अवधारणा आउनु स्वभाविक आवस्यकता हो ।

२) ईतिहास बोकेका ठुला पार्टी लगायत अनेकौ पार्टीहरु बीच यो पार्टीले अस्तित्व पाउला त ?
=> असल विचार बोकेर ईमान्दारिताका साथ अघि बढे गन्तव्य टाढा छैन । वास्तवमा बर्षौ पुराना वादहरु को लेपन लगाउँदै जनताले नबुझ्ने जटिल परिचय मार्फ़त ताली खाईरहेका अनि तालीलाई सर्वकालिन स्थाई सम्पत्ति ठान्दै अवसरवाद र दलालवाद द्वारा समग्र राज्यसत्ता जकडिएको अवस्था लाई तोड्ने वैचारिक शुद्धताको बाटो कठिन छ तर असम्भव छैन । सामान्य मानवीय र सामाजीक मुल्यमान्यता लाई हरेक नागरिक हरुमा स्थापित गराउन सक्नु नै सम्मृद्धिको मुल मन्त्र हो ।

३) अहिले कै ठुला दलमा आवद्ध भएर सम्मृद्धि खोज्न सकिदैन थियो र ?
-> अहिलेका राजनैतिक दल भित्र छिरेर हेर्नुहोस् न तपाई भित्र भएको इच्छाशक्ति , सकारात्मक सोच,जनउत्तरदायि भावना कहाँ पुग्छ ? तल देखि माथि सम्मै पद्धतिविहिन अवस्था छ । संक्रमित प्रवृत्ति छ निवारणको छाँट कतै देखिदैन । ईमानदार , सक्षम, दक्ष व्यक्ति नयाँको त कुरै छाडौं भित्रैका पनि विकास परिचालन गर्ने तह सम्म पुग्नै पाउँदैनन् किन कि त्यहाँ ईतिहास हावी हुन्छ , जेल नेल हावी हुन्छ, झोला हावी हुन्छ, "खुट्टा तान्ने खेल" हावी हुन्छ , "हाम्रा" हावी हुन्छ , भ्रष्टाचार हावी हुन्छ ।

४)आखिर राजनीति त यहि परिवेश मै गर्ने हो फरक कसरि बन्छ त साझा ?
-> पद्धति ,ईमान्दारिता , पारदर्शिता र उत्कृष्टता गरि ४ खम्बाद्वारा साझा पार्टी अनि नेपाल राष्ट्र को सम्मृद्दिको उचाई बढाउने अवधारणा वास्तवमा प्रत्येक नागरिक भित्र को वैचारिक क्रान्ति , समाज प्रतिको उत्तरदायित्व अनि राष्ट्र प्रतिको प्रेम मा छ । त्यसैले अहिलेको राजनीति भित्रका धेरै धेरै थोक गर्दैनौं र भित्र नभएका थोरै थोक मात्र गर्छौं । हामी फरक त्यसरी छौं ।

५)आसन्न स्थानीय चुनावमा तपाईंको उमेद्वारीको चर्चा छ नि ?
-> निर्माणको क्रममा रहेको पार्टीले जनताको मनोभावना बुझ्न पहिलो चरणामा काठमाडौं र ललितपुरमा उमेद्वारी दिएको थियो जसको परिणाम उत्साहजनक रहेको सर्वविदित नै छ । दोस्रो चरणको निर्वाचन अघि केन्द्रीय संयोजन टोलिले पूर्वका विभिन्न ठाउँ मा गरिएका अन्तरक्रिया र भेटघाटको विश्लेषण गर्ने क्रममा गौरादह सम्भावित उमेद्वारी क्षेत्रको रुपमा अगाडि आएको हो र त्यहि क्रममा मेरो नाम पनि चर्चामा आएको हो । संगठन को अभाव , समयको अभावले गर्दा अहिले नै चुनावमा जानु फाईदाजनक नरहेको निस्कर्ष निकाल्दै संगठन निर्माणमा अघि बढिरहेका छौं ।

६)कस्ता व्यक्तिहरु लाई समाहित गराउनु हुदैछ ?
-> अहिले इकाईहरुको गठन प्रक्रियामा छौं र राष्ट्र प्रतिको दायित्व बोध हुने जो कोहि नि समाहित हुन सक्छन् । त्यसका लागि व्यक्तिगत तथा दलगत स्वार्थ भन्दा माथि उठ्नु जरुरी छ ।।

७)अन्त्यमा के भन्न चाहानु हुन्छ ?
> वास्तवमा गरीवी र अशिक्षाले देश भक्ति रोक्न सक्दैन अनि धन र प्राज्ञिक शिक्षा मात्रैले देश भक्ति बोक्न सक्दैन । सृजनशीलता , चेतनशिलता र विवेकशिलता हरेक नागरिकहरुमा भर्न सके (बोलिमा हैन मनमा ) नेपालको सम्मृद्दि टाढा छैन ! त्यसैले भर्ने भराउने अभियानमा सामिल हुन आव्हान गर्दछु । त्यस क्रम मा ठेस लाग्न सक्छ , लौरो दर्हो पकड्नुस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्