तस्करको अन्तराष्ट्रिय जालो , यौन सँगै महिलाको छाला समेत बेच बिखन

<span class='c1'>तस्करको अन्तराष्ट्रिय जालो , यौन सँगै</span> <span class='c2'> महिलाको छाला समेत बेच बिखन</span>

सुमन सुस्केरा
विराटनगर, १३ फागुन ।
मानव बेच वेच विखनमा स्वरुप परिवर्तन हुँदै गउको पाईएको छ । पहिला बिहे गने बहानामा मानव बेच बिखनको ओसार पसार हुने गथ्यो त्यो क्रम बैदेशिक रोजगारीको नाममा अघि बढेको थियो । त्यही बैदेशिक रोजगारीको नाममा हुने बेचविखनको दरले गर्दा धेरै सुखी जीवन बिताएकाहरु पनि वैदेशिक रोजगारीको नाममा ठगिने पुगे अनी बैदेशिक रोजगारीकै क्रममा धेरै बेचिए पनि । मानव बेचबिखनको जालो थप फैलिएको यही क्षेत्रमा कामगर्दै आएकाहरु बताउँछन् । पछिल्लो दिनहरुमा महिलाको छाला समेत बेच बिखन हुने गरेको पाईएको बताईन्छ । रोयटर्स फाउन्डेसनले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपाली महिलाको अनुहारको छाला धनाढ्यहरूको अनुहारमा सर्जरीको लागि प्रयोग गरिँदै आएको सार्वजनिक भएको थियो ।
नेपाल भार सीमा क्षेत्र रानीमा आयोजना भएको मानव बेच बिखन तथा ओसार पसार बिरुद्धको मेची–काली जनचेता अभियानको क्रममा माइती नेपालका निर्देशक विश्वराम खड्काले नेपाली महिलाको अनुहार काटेर छाला विक्री गर्ने धन्दा सुरु भएको प्रति चिन्ता ब्यक्त गर्नुभयो । ‘नेपालका महिलाको अनुहारको छाला (स्किन) राम्रो हुन्छ,’ खड्काले भन्नुभयो, ‘त्यही लोभमा परेर दक्षिण अफ्रिका वा अन्य देशका धनाढ्यले सर्जरी गरेर नेपालीको छाला राख्ने प्रचलन बढेको तथ्यांक सार्वजनिक भएको छ ।’
खड्काका अनुसार नेपालका पढेलेखेका र डिग्री हासिल गरेका महिलाहरु पनि मानव तस्करको जालमा पर्नेए गरेका छन् ।
महिला तथा बालबालिकाको तस्करी आन्तरिक, सीमा पार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म तस्करी हुने गरेको तथ्यांक रहेको उहाँको भनाई छ । ‘विश्वमा २५ लाख मानिस मानवतस्करीको चपेटामा पर्ने गरेका छन्’ उहाँले भन्नुभयो, ‘त्यसमध्ये एसियामा मात्रै १४ लाख मानिस बेचबिखनमा परेका छन् ।’
नेपालबाट ७ वर्षका बालबालिकालाई पनि बेचबिखन गरिने गरेको माईती नेपालको तथ्यांकमा रहेको छ । ‘साना साना बालबालिकालाई बेच्ने र विभिन्न औषधि खुवाएर शारिरीक अंग बढाएर यौन क्रियाकलापमा सहभागी गराउने गरेको पाइएको छ,’ खड्काले भन्नुभयो, ‘बेचबिखन विरुद्धमा सचेतनादेखि महिला सशक्तीकरणमा स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भिर हुनुपर्छ ।’
यस्ता स्थानीय समस्या
राष्ट्रिय आँकडाले विश्वका हरेक देशमा नेपालीहरुको बेच बिखन हुने सार्बजनिक भई रहँदा पुर्बका धेरै नाकाहरुबाट पनि मानव ओसार पसार भईरहेको समेत पाईएको छ । सन् २०१७ मा जोगबनी नाकाबाट भारत लैजाँदै गरेका १ सय २० जनालाई नाकाबाटै रोकिएको छ । सीमापारी लगिसकिएका ४० जनालाई उद्धार गर्न सफल भएको माईती नेपाल बिराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । तथ्यांक अनुसार ४२ जना हराएका, २ जना घरेलु हिंसामा परेको, ९ जना हराएका भेटिएको र ७ जना बलात्कारमा परेको उल्लेख छ । यस्तै हिंसामा परेर सुरक्षित बसाइसराई गरेकाको संख्या एक हजार ८ सय ६४ रहेको छ । सबैभन्दा बढी मोरङ जिल्लाबाट ३४ जना, सुनसरीबाट ३० जना, उदयपुरबाट १४ जना र झापाबाट १२ जना बेचविखनमा परेका छन्् । बेखबिखनमा परेका १ सय २० जनामध्ये १८ वर्षभन्दा मुनीका ५८ जना बालबालिका मात्रै रहेको पाईएको छ ।
सरोकारवाला भन्छन् : नीति बनाउँछौ 
मानव बेच बिखनको अबस्थालाई रोक्नको लागि प्रदेश स्तरबाट काम थालिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल भन्नुहुन्छ, मानव बेचबिखनको अवस्था भयावह हुँदै गएको छ । ‘यातायात र सूचना प्रविधिको दुरुपयोगले ठूलो समस्या निम्त्याएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको नियन्त्रणका लागि स्थानीय सरकार र प्रदेश तथा केन्द्र सरकार सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्छ ।’ वैदेशिक रोजगारीका कारण रेमिट्यान्स आएको भएपनि त्यसले सामाजिक मूल्य कमजोर बनाउँदै गएकोप्रति गम्भीर हुनुपर्ने पौडेलले भनाई छ ।
माईती नेपालको मेची–काली अभियान
माईती नेपाल २५ वर्ष पुगेको उपलक्ष्यमा माइती नेपालले सुरु गरेको मेची महाकाली जनचेतना अभियान संचालनमा ल्याएको छ । १२ गते झापाको काँकडभिट्टामा कार्यक्रम गरि शुरु भएको अभियान मकवानपुरको हेटौडामा पुगेर समापन हुनेछ । माइती नेपालले स्थापना भएको २५ बर्षभमा एक लाख २५ हजार महिला तथा बालबालिकालाई उद्दार गरेको निर्देशक खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्