मृत्यु हुनेबेला दिमागले के सोचिरहेको हुन्छ ?

मृत्यु हुनेबेला दिमागले के सोचिरहेको हुन्छ ?

तर हालै केही वैज्ञानिकहरुले यसको बारेमा अध्ययन गरेका छन् जसमा यसबारे केही तथ्य पत्ता लागेको बीबीसीले जनाएको छ । बर्लिनको चेरिट विश्वविद्यालय तथा ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकहरुले जेन्स द्रेयरको अगुवाईमा यसबारे अध्ययन गरेका हुन् ।

यसको लागि वैज्ञानिकहरुले केही बिरामीको स्नायूप्रणालीको सुष्म अध्ययन गरेका गरेका छन् । यसको लागि उनीहरुले बिरामीको आफन्तसँग पूर्वअनुमति लिएका थिए ।

ती व्यक्ति यात भयानक दुर्घटनामा परेर घाइते भएका थिए या त हृदयघातको शिकार भएका थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि पशु तथा मानिस दुवैको दिमाग मृत्युको समयमा एकै तरिकाले काम गर्दछ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागको कामकाज पुनः बहाली हुनसक्छ ।

यो अध्ययनको प्रमुख उद्देश्य पनि यहि नै थियो कि कुनैपनि व्यक्तिलाई मृत्युको अन्तिम क्षणबाट पनि कसरी बचाउन सकिन्छ ।  मृत्युको समयमा शरीरमा रगतको प्रवाह रोकिन्छ र त्यसको कारण मस्तिष्कमा अक्सिजनको मात्रा कम हुन जान्छ । सेरेब्रल इस्किमया नामको यो स्थितिमा जÞरूरी रासायनिक अवयव कम भएर जान्छ र जसले मस्तिष्कमा ‘इलेक्ट्रिकल एक्टिविटी’ पुरै सकिन जान्छ ।

मानिसमा गरिएको प्रयोग

तर वैज्ञानिहरुको टिम मानिसको सम्बन्धमा  यो प्रक्रियालाई अझै गहराईदेखि बुझ्न चाहन्थे । त्यसैले उनीहरुले केही बिरामीको दिमागको न्यूरोलोजीकल (स्नायु सम्बन्धी) गतिविधिहरुको निगरानी गरे । डाक्टरहरुको तर्फबाट निर्देशन भएको थियो कि ती बिरामीलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोशबाट फिर्ता ल्याउने कोशिस नगरियोस् ।
https://www.bbc.com/hindi/science-43363555

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्