बीबीसी । करिब डेढवर्ष पहिले पहिले डा. जैको नेल काकर स्पैनियल जातको एउटा कुकुरसँग खेलिरहेका थिए तब उनले आफ्नो हातमा हल्का चिथोरिएको देखे । उनले घाउलाई सफा गरे र फेरि आफ्नै काममा लागे । दुई हप्तासम्म त सबै ठिकै थियो तर त्यसपछि उनलाई फ्लु भयो । उनलाई यो कुरा थाहा भएन कि वास्तवमा उनलाई के भयो ।
वास्तवमा उनलाई कुकुरको ¥यालको कारणले सेप्टिसीमिया (सेप्सिस) एक किसिमको संक्रमण भएको थियो जुन उनको रगतमा विष जस्तै फैलियो जसले उनको रोग प्रतिरोधात्मक शक्ति पनि क्षीण हुँदै गयो ।
सेप्टिसीमिया संक्रमण संसारभरिमा हुने मृत्युको कारणमध्ये एक हो । नेल मर्न त मरेनन् तर उनी मृत्युको निकै करीब थिए । जैकोको मामिला एकदमै विरलै हो । दुनियाँभरमा प्रत्येक वर्ष करिब २ करोड व्यक्तिहरु सेप्टिसीमियाको शिकार हुन्छन् ।
एक एक मिनेट बहुमूल्य हुन्छ
नेललाई पहिले त यो अन्दाजा भएन कि उनी कुन हदसम्म बिरामी थिए किनकी तब उनलाई ज्वरो मात्र थियो । उनी सुत्नको लागि गए । उनले बताए, “साँझ मेरो पार्टनर घरमा आइन् र उनले मलाई गम्भीर हालतमा पाइन् । उनले इमरजेन्सी सेवालाई फोन गरिन् । ईश्वरलाई धन्यवाद तिनीहरुले मेरो हालत बुझे अनि मेरो उपचार शुरु गरे ।”
सेप्टिसीमिया जति चाँडो थाहा पायो त्यति बिरामी ठीक हुने आशा बढेर आउँछ । यस संक्रमणको स्थितिमा एक एक मिनेट बहुमूल्य हुन्छ । जति जति समय बित्छ, खतरा बढ्दै जान्छ । नेल बताउँछन् कि “मलाई घरमा नै एंटीबायटिक्स र जरुरी तरल पदार्थ दिन थालियो तर फेरि पनि म इमरजेन्सी रुममा लाने बित्तिकै बेहोस भएँ ।”
त्यसपछि अरु पाँच दिन उनी आइसीयुमा रहे किनकी उनी कोमामा गएका थिए । नेलले बताए कि “जब मलाई होश आयो मैले देखे कि मेरो शरीर लगभग कालो भएको थियो । मेरो रगत अचम्मको तरिकाले जमेको थियो र मेरो टिश्युलाई नोक्सान भएको थियो ।”
नेलको मृगौला पनि फेल भयो र उनलाई दुई महिनासम्म डायलिसिसमा राख्न प¥यो । चार महिनासम्म हस्पिटलमा रहेपछि उनको दुइटै खुट्टाको घुँडा भन्दा तल काट्नुप¥यो । उनको नाकको माथिल्लो हिस्सा पनि खतम भयो ।
नेलको मुताबिक, “मेरो लागि यो निकै मुश्किल समय थियो । मलाई पहिल्यै थाहा थियो कि मेरो औंला र खुट्टा जानेवाला छ तर मेरो अनुहारमा पनि यस्तो होला भनेर मैले अन्दाजा गरेको थिइन । ” हस्पिटल बसेपछि पनि उनलाई खान, हिंडडुल गर्न र श्वास लिन निकै गाह्रो भएको थियो । उनको ओंठमा पनि घाउको निशान बाँकी रहेको थियो ।