अनिच्छुक गर्भाधानबाट बच्न नयाँ विकल्पहरुको प्रयोग बढ्दै

अनिच्छुक गर्भाधानबाट बच्न नयाँ विकल्पहरुको प्रयोग बढ्दै

बीबीसी । अनिच्छुक गर्भाधानबाट बच्न गर्भनिरोधक खाने चक्की र कण्डमको प्रयोग हुँदै आएको छ । यद्यपि अब महिलाहरु गर्भ रोकथामका पुराना तरिकाहरु छाडेर नयाँ तरिका अपनाउन लागेको पाइन्छ ।

इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार बढीजसो महिलाहरु गर्भ रोकथामका नयाँ विकल्पहरु अपनाउन थालेका छन् । २००७ मा नयाँ विकल्पहरु अपनाउने महिलाहरुको संख्या २५ प्रतिशत थियो भने २०१८ मा यो संख्या बढेर ३९ प्रतिशत पुगी सकेको छ ।
महिलाहरु अब दिनानुदिन चक्की खाने र कण्डमको प्रयोगबाट बच्न चाहन्छन् । उनीहरु लामो समयसम्म चल्ने गर्भ रोकथामका तरिकाहरु प्रयोग गरिरहेका छन् । 

गर्भ रोकथामका नयाँ तरिका 

लामो समयसम्म टिक्ने गर्भ रोकथामका विकल्पहरुलाई ‘लङ्ग एक्टिङ रिवरसिबल कन्ट्रासेप्शन’ भनिन्छ । यिनीहरुलाई खाने चक्कीका जसरी दैनिक रुपमा खानुपर्दैन भने एक पटक लगाए लामो समयसम्म असर गर्दछन् ।

यसका कयौं तरिकाहरु छन् 

१) कपर काइल अथवा इन्ट्रायुटरिन डिभाइस (आईयुडी)– यो प्लास्टिक र तामाको उपकरण हो । जसलाई महिलाको गर्भाशयमा राखिन्छ ।

२) हार्मोनल काइल अथवा इन्ट्रायुटरिन सिस्टम (आईयुएस) – यो अंग्रेजी अल्फाबेड ‘टि’ आकारको छोटो उपकरण हो । जसले महिलाको शरीरमा एक प्रकारको हार्मोन उत्पादन गर्दछ । यसलाई पनि महिलाको गर्भाशयमा राखिन्छ ।
३० इम्प्लान्ट– यो पनि एक प्रकारको मेडिकल उपकरण हो । जसलाई महिलाको पाखुरामा राखिन्छ ।

४) इन्जेक्शन

यद्यपि ४४ प्रतिशत महिलाहरु अहिलेपनि गर्भनिरोधक खाने चक्कीको प्रयोग गरिरहेका छन् । तर यो तथ्यांङ्क विगत १० वर्षमा धेरै नै घटेको छ ।

के कारण महिलाहरु नयाँ विकल्पहरुप्रति आकर्षित भइरहेका छन् ?

आजभोली गर्भ रोकथामका लागि कयौं विकल्पहरु छन् । महिलाहरु लामो समयसम्म टिक्ने र हार्मोनरहित विकल्प उपयोग गर्न चाहन्छन् । डाक्टर भन्छन्, “महिलाहरुलाई एक–अर्काबाट यि विकल्पहरुका बारेमा जानकारी पाइरहेका छन् । जो महिलाहरुको अनुभव राम्रो हुन्छ उनीहरु आफ्ना साथीहरुलाई पनि उक्त विकल्प प्रयोग गर्न सल्लाह दिन्छन् ।’’

अनिच्छुक गर्भ रोकथामका लागि उत्पादन गरिएका गर्भनिरोधक सामग्रीहरु लोकप्रिय हुँदै गएका छन् भने चिकित्सकहरु पनि यिनीहरुलाई बढी असरदार रहेको बताउँछन् । तर यौन संक्रमणबाट बच्न एकमात्र विकल्प भनेको कण्डममात्रै हो ।

नयाँ तरिकाहरु कति असरदार ?

पर्ल इन्डेक्सले गर्भ रोकथामका अलग–अलग तरिकाहरुको असरका बारेमा सर्भेक्षण गरेको छ । यदि कसैले गलत तरिकाले ती विकल्पहरुको प्रयोग गरे गर्भ रहने सम्भावना बढी रहन्छ । पर्ल इन्डेक्सका अनुसार–
इम्प्लान्ट – दुई हजार महिलामा एक जनामा गर्भाधानको सम्भावना रहन्छ ।

आईयुएस – पाँच सयमा एक
आईयुडी – एक सयमा एक
जबकी खाने चक्की प्रयोग गर्ने १० महिलामा एक महिला गर्भवती हुने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्