बिद्यालयमै सुरक्षित छैनन बालबालिका, बिष मिसिएको पानीले पोसाकमै बिद्यार्थी अस्पतालको बेडमा

बिद्यालयमै सुरक्षित छैनन बालबालिका, बिष मिसिएको पानीले पोसाकमै बिद्यार्थी अस्पतालको बेडमा

विराटनगर, २९ साउन ।
मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ को जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक बिहान करिब १० बजेको थियो । त्यो भन्दा अघि नै बिद्यार्थीहरु बिद्यालयमा पुगिसकेका थिए । करिब १० बज्न ५ मिनेट बाँकी हुँदा श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक  खेमराज दुलाल पनि बिद्यालयमा पुगे । ४ सय ९२ जना बिद्यार्थी रहेको बिद्यालयमा कोही पनि बिद्यार्थी बिद्यालयमा नआउने भन्ने कुरै हुँदैन त्यही भएर पनि बिद्यालयमा बिद्यार्थीहरु नियमित नै आउँछन् । केही बिद्यार्थीको घर नजिकै छ भने केही बिद्यार्थीको घर बिद्यालयबाट एक घण्टासम्मको दुरीमा छ । हिजो अस्ती जस्तो थियो, आज पनि बिद्यालयका अबस्था उस्तै नै थियो । जब बिद्यालयमा बिद्यार्थीहरु एककाएक पेट दुख्यो भन्न थाले अनी समस्या शुरु भएको थियो । त्यही बिचमा केही बिद्यार्थीहरुले कार्यालयमा रहेको पानी खानकोलागि भन्दै कायालयको पानी खान पुगेका थिए । शिक्षक तथा अन्य कर्मचारीले धाराको पानी खाओ न भन्दा उनीहरुले गन्ध आएको र खानै नहुने रहेको भनेपछि बल्ला बिद्यालयले त्यता ध्यान दिएको बिद्यालयका प्रधानाध्यापक दुलालल बताए ।
त्यहाँ गएर पानीको अबस्था बुझ्दा बिषादी भएको थाहापाएपछि त्यो बारेमा प्रहरीलाई जानकारी गराएपछि बल्ल प्रहरी आएको थियो । प्रधानाध्यापक दु्लालका अनुसार, बिद्यालयको खानेपानी ट्याङ्कीमा बिषादी मिसिएको पाईएपछि बिद्यालय विदा गरिएको थियो । त्यही बेला बिद्यार्थीहरु बिरामी पर्न थालेको खबर आएपछि बिद्यालयले बिदार्थी बिरामी परेको हुनसक्ने भन्दै गाउँभरी माईकिङ नै गराउनु परेको प्रअ दुलालले बताए ।
जव गाउँमा माईकिङ भयो त्यो बेलासम्म धेरै बिद्यार्थीहरु घरमा बिरामी परिसकेका थिए । बिरामी परेका बिद्यार्थीहरुलाई बिद्यालयले उपचारको लागि उपस्वास्थ्य चौकी उर्लावारी ल्याएको थियो । उर्लावारी ल्याएका बालबालिका मध्य २१ जनाको उपस्वपास्थ्य चौकीमा उपचार भएको थियो भने अन्य ४ जनालाई थप उपचारको लागि बिराटनगरमा रहेको नोबेल मेडिकल कलेज ल्याईएको छ । उपस्वास्थ्य चौकीमा भर्ना भएका मध्य केही बालबालिका उपचारपछि घर फर्किएका छन् भने केही बालबालिकाको त्यही उपचार भईरहेको प्रधानाध्यापक दुलाले बताए ।
सिता निरौला, अभिभावक
बिहान ९ बजे नै छोरीहरु बिद्यालय हिँडेका थिए । बिद्यालय गएको केही घण्टैमा उनीहरु घर फर्किए । बिहान पौने ११ बजे घरमा फर्किएका थिए । बालबालिका भुँडीपोल्यो भन्दै घर आएपछि मलाई घर लाग्यो । कागती, मोही खुवाएँ, त्यसले पनि केही गरेन, साबुन घोलेर फिँज खुवाएँ, त्यसले पनि काम नगरेपछि स्कुलको सरलाई फोन गरेर बोलाएँ ।सर आएर हेरेपछि सरहरुले मंगलवारे लग्नु भन्नुभयो । दुबै छोरी श्रीष्टी निरौला र सिर्जना निरौला दुबै बिरामी परेका थिए । कान्छी सिर्जनाको मंगलवारेमा उपचार भईरहेको छ ठुली श्रीष्टीलाई लिएर नोबेल अस्पतालमा बसेकी छु । चार जना नोबेलमा
कक्षा ९ मा पढ्ने छोरी बिषको कारण बिरामी भएको थाहा पाएर आएका फौदराज लिम्बु पनि छोरीसँगै नोबेल अस्पतालमा भेटिए । पहिला कहिल्यै यस्तो नभएको बताएका फौदराजले आज बिद्यालयमा भएको घटना सपना जस्तो लागेको सुनाए । खै आज त के भयो–भयो ? अस्पतालमा २४ घण्टासम्म राख्नुपर्छ डाक्टरले भनेको फौदराजले सुनाए ।
श्रीष्टी निरौला, मनिस थापा, कबिता लिम्बु र खुस्बु मिश्रको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचार भईरहेको छ । यी चार जना मध्य खुस्बु मिश्रलाई भने आईसीयुमा राखेर उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्