विराटनगर महानगरपालिकामा परिमार्जन भएकाे नयाँ कायम भएकाे करकाे दर यस्ताे छ

विराटनगर महानगरपालिकामा  परिमार्जन भएकाे नयाँ कायम भएकाे करकाे दर यस्ताे छ

विराटनगर, १ भदाै ।  विराटनगर महानगरको कार्यपालिकाको  सम्पन्न २२ औँ बैठकले करका दरमा परिवर्तन गरेको छ । करका दर वृद्धि गर्न नगरपरिषद्को बैठकले निर्णय गर्नुपर्छ तर घटाउन कार्यपालिका बैठकले सक्ने र पछि हुने नगरपारिषद्को बैठकमा अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार महानगरले साना फ्रेस हाउसको व्यावसायिक शुल्क वार्षिक ५ हजारबाट ३ हजार र मझौलाको ७ हजारबाट ५ हजार बनाएको छ । ठूला फ्रेस हाउसको वार्षिक शुल्क यथावत् १० हजार निर्धारण गरेको छ ।रेडियो–घडी मर्मत गर्ने साना पसलको ३ हजारलाई २ हजार, मझौलाको ४ हजारबाट ३ हजार र ठूलाको ५ हजारलाई यथावत् राखेको छ ।
तरकारी तथा फलफूलका थोक विक्रेता सानालाई १५ हजारबाट ७ हजार, मझौलालाई १२ हजारबाट १० र ठूलालाई १५ हजार निर्धारण गरिएको छ ।चियानास्ता पसलको सानालाई वार्षिक २ हजारबाट १ हजार र मझौलाको २५ सयबाट २ हजार तथा किराना खाद्यान्न पसल सानाको वार्षिक शुल्क ४ हजारलाई २ हजार मझौलाको ६ हजारलाई ४ हजारमा झारिएको छ ।
त्यस्तै कपडा पसल सानाको ५ हजारबाट ३ हजार, मझौलाको ८ हजारबाट ५ हजार र ठूलाको १३ हजारबाट १० हजार तथा काठ फर्निचर पसलको सानालाई ५ हजारबाट ३ हजार र मझौलालाई ७ हजारबाट ५ हजारमा झारिएको छ ।

कम्प्युटर, फ्रिज तथा इलेक्ट्रिक सामानका पसलमा सानाको वार्षिक शुल्कलाई ८ हजारबाट ६ हजार र मझौलाको १० हजारबाट ८ हजार तथा पुस्तक पसल स्टेसनरीमा सानाको ३ हजारबाट २ हजार, मझौलाको ५ हजारबाट ४ हजार र ठूलाको १० हजारबाट ७ हजार कायम गरिएको छ ।
ज्वेलर्स, गहना दोकानमा सानालाई १५ हजारबाट ७ हजार, मझौलालाई २५ हजारबाट १२ हजार र ठूलालाई ३५ हजारबाट २० हजार बनाइएको छ ।
सम्पत्ति करतर्फ ३० देखि ५० लाखसम्मका घरले शून्य दशमलव ८ प्रतिशत सम्पत्तिकर तिर्नुपर्नेमा शून्य दशमलव ५ प्रतिशत तिर्नुपर्ने भएको छ । त्यस्तै ५० लाखमाथिको घरजग्गामा शून्य दशमलव १५ प्रतिशतलाई घटाएर शून्य दशमलव १० प्रतिशत बनाइएको छ ।त्यस्तै एक करोड भन्दा माथिको शुन्य दशमलव ४ प्रतिशत कायम गरिएको छ । त्यस्तै घरबाटो सिफारिसमा कच्ची बाटोको २ हजारलाई १५ सय, ग्राभेल बाटोको ३ हजारबाट २ हजार र पक्की बाटोको ४ हजारलाई यथावत राखिएको छ । नागरिकता सिफारिसमा ५० रुपैयाँलार्ए निशुल्क बनाईएको छ । ब्यक्तिगत घटना दर्तामा ५०० बाट ३०० कायम गरिएकोछ । जसमा ३५ दिन भित्र कुनै पनि रकम नलाग्ने ब्यवस्था गरिएको छ । साधारण सिफारिस ३००, सम्बन्ध बिच्छेद २ हजारबाट घटेर ५ सय कायम गरिएको छ । संघ संइस्था दर्ता नगरको २ हजारबाट १५ सय, जिल्लाको ३ हजारबाट २ हजार बनाईएको छ । मोवाईल पसलको ३ हजारबाट २ हजार र ६ हजारबाट ४ हजार कायम गरिएको छ ।
त्यस्तै काठे चिरान मिलको पनि घर घटेको छ । सानाको ५ हजारबाट ३ हजार, मझौलाको ७ हजारबाट ५ हजार र ठुलाको ८ हजार नै कायम राखिएको छ।
कपडा पसलको सानामा ५ हजारलाई २ हजार, मझौला ८ हजारलाई ४ हजार र ठुला १३ हजारलाई १० हजार बनाईएको छ । तरकारी पसललाई ३ हजारबाट २ हजार, फलफुल तथा तरकारी थोकमा १५ हजारलाई ७ हजार, चिकित्सक करमा १० हजारलाई ५ हजार, १५ हजारलाई १० हजार र २० हजारलाई १० हजार गराईएको छ । चिकित्कस कर महानगरमा पहिलो पटक लागु गरिएको महानगरले जनाएको छ । सटिङ सुटिङमा ५ हजारबाट ३ हजार, ७ हजारबाट ५ हजार, फ्रेस हाउसमा ५ हजारबाट ३ हजार र ७ हजारबाट ५ हजार बनाईएको छ भने हाउजिङ कम्पनीको हकमा ५० हजार कायम गरिएकोमा १० हजार घटाएर ४० हजार कायम गरिएको बितिय ब्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।
बोडै बैठकले २ बर्ष अगाडीदेखिको कर नतिरेकाहरुको लागि ब्यवसाय करमा छुट दिने भएको छ । २ बर्ष भन्दा अगाडीको ब्यवसाय भएर पनि दर्ता नगरेकाहरुको हकमा २ बर्ष भित्रको कर तिरेर ब्यवसाय कर र जरिवाना मिनाहा गर्ने भएको छ । त्यस्तै दिर्घरोगी, क्यान्सर, मृगौला रोगीको निशुल्क सिफारिस दिने समेत भएकाे विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्