विराटनगरबाट ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ 

<span class='c1'>विराटनगरबाट ठूलो परिमाणमा लागूऔषध</span> <span class='c2'>सहित एक पक्राउ </span>

मोरङ, भदौ १।

लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

विराटनगर-१५ घर भई विराटनगर-१७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने वर्ष ३४ को अजय कुमार शर्मालाई प्रहरीले ३४४ एम्पुल लागूऔषध टिडिजेसिक, २८९ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल, नाईट्रोभेट र नाईट्रोसन ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

विशेष सुचनाका आधारमा उक्त कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो १:३० बजे विराटनगर-१७ स्थित शर्माको डेरा खानतलाशी गर्दा लागूऔषध तथा सो लागूऔषध बाहिर टाँस्ने लेबल बरामद भएको थियो ।

बरामद लागूऔषध सहित शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्