विराटनगरमा भएको बालिका सम्मेलनमा, शेर्पा पोशाक देखि दौरा सुरुवालको चर्चा

विराटनगरमा भएको बालिका सम्मेलनमा, शेर्पा पोशाक देखि दौरा सुरुवालको चर्चा

विराटनगर, ३ भदौ ।
एक नम्बर प्रदेशमा बालिका सुरक्षाको आधार तय गर्नको लागि बिराटनगरमा शुरु भएको बालिका सम्मेलन आज सकिँदै छ । सम्मेलनमा एक नम्बर प्रदेशमा अहिले बालिकाको अबस्था सहित आउँदा दिनमा बालिकालाई बढ्ने र पढ्ने वातावरण तय गर्ने लक्ष्य सहित कार्यक्रम सकिँदैछ । तर एक नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधि रुपमा ४ जनाको दरले सहभागी बालिकाहरु आफ्नै पहिरनमा थिए । कोही चौबन्दी चौली कोही शेर्पाको पोशाकमा थिए अनी केही लिम्बु र राई पहिरनमा ठाँटिएर आएका थिए । उनीहरु सम्मेलनमा आफ्नो पहिचान पनि दिलाउन खोज्दै थिए । ईलामबाट आएकी छात्रा प्रिया राईले लगाएर आएको राई जातिको पहिरनले अरुलाई पनि आकर्षित गरेको थियो ।
ताप्लेजुङको श्री भञ्ज्याङ माबिबाट लिम्बु पोशाकमा आएकी अनिता पन्दाकले पनि साथिहरुको अगाडी आफ्ना पोसाक देखाउन पाउँदा खुसी लागेको बताईन् । ताप्लेजुङकै पृथ्वी माबि खामदुङकी मिङमा शेर्पा पनि शेर्पा पोशाकमा आएकी थिईन । उनीहरु अरु सहभागि भन्दा फरक देखिन्थे तर उनीहरुको एउटै ईच्छा थियो आफ्नो पहिचान सँगै एक नम्बर प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउनु अनी सिकाई आदान प्रदान गर्नु । उनले शेर्पाले भनिन्, ‘हामीले बालिकाको पक्षमा अब फर्किएपछि केही गर्न सकौँ भन्ने हो ।’ किशोरावस्था, माया, मोह, प्रेम, विवाह र यसको व्यवस्थापन, बालविवाह र यसले स्वास्थ्यमा पार्ने असरहरु बालबालिकाहरुको समुहगत प्रस्तुतीकरण, विराटनगर घोणणापत्र सहितको ३ दिने बालिका सम्मेलन आयोजना भएको थियो । प्रतिनिधि मुलक रुपमा बालिका समस्याको पहिचानमा बालकको पनि भुमिका हुने भन्दै एक जिल्ला एक बालक पनि कार्यक्रममा सहभागी थिए । संखुवासभा र उदयपुरबाट आएका बालक भने ढाकाटोपी, दौरा सुरुवालमा सजिएका थिए भने अन्य जिल्लाका बालकहरु भने सामान्य पोखाकमा थिए । फरक फरक पोसाकमा आएका ति बालकले भने पहिरन मानिसको गहना भएकोले पहिरन चिनाउने अबसरको रुपमा पनि बाललिका सम्मेलनलाई लिन पाएकोमा उनीहरु खुसी थिए । दिंदै केन्द्रीय बाल कल्याण समिति एक नम्बर प्रदेश बालबालिका फोकल पर्सन सुमन अधिकारीले बिशेष गरी बालिकाहरुको समस्याको पहिचान गर्न र ५ बर्ष भित्र एक नम्बर प्रदेशलाई बालविवाह मुक्त बनाउने मार्ग चित्र तयार पार्न बालिका सम्मेलन महत्वपुर्ण रहेको दाबी गरे ।
उनले सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेशमा बालविवाह जस्तो जघन्य विषयलाई प्रदेशस्तरीय अभियानको रुपमा अगाडि बढाउन र बालविवाह अन्त्य गर्ने लक्ष्य हाँसिल हनेमा विस्वास ब्यक्त गरे । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा बिभिन्न बालबालिकाको क्षेत्रमा कामगर्ने संघ संस्थाको सहयोगमा सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र प्लान नेपाले १५ लाख खर्च गरेको वल्र्ड भिजनका कार्यक्रम अधिकृत प्रमिल अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्