एशियाली खेलकूद: पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीकाे नयाँ राष्ट्रिय कीर्तिमान

<span class='c1'>एशियाली खेलकूद: पुरुष भारोत्तोलनमा कमलबहादुर</span> <span class='c2'>अधिकारीकाे नयाँ राष्ट्रिय कीर्तिमान</span>

एजेन्सी,६भदाै।  इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  त्रिभुवन आर्मी क्लबसँग आवद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । योसँगै अधिकारीको नाममा तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यसअघि मङ्गलबार सम्पन्न महिलाको ५३ केजीमा सञ्जु चौधरीले पनि तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

समूह ‘बी’ मा रहेको अधिकारी छैटौँ स्थानमा रहे । बिहीबार विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यही भदौ १० गते तारादेवी पुनले ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिनेश भुजेलले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्