प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजनीतिबाट कुनै आर्थिक लाभ नलिने दावी

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजनीतिबाट</span> <span class='c2'>कुनै आर्थिक लाभ नलिने दावी</span>

विराटनगर, ६ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू आर्थिक लाभ लिन सत्तामा नगएको उल्लेख गरे । उनले मुलुक बदल्ने प्रतिज्ञाका साथ मुलुकको बागडोर सम्हालेको बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाउँदै सबैलाई इमान्दारिताका साथ काम गर्न निर्देशनसमेत दिए ।
उनले, तमोर नदीबाट उच्च बाँध बनाएर मोरङको चिसाङ खोलामा पानी ल्याएर सिंचाईको व्यवस्था गर्ने उद्घोषसमेत गरे । कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले वर्तमान सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्