विराटनगरको सुशीला कोइराला नाटकघरमा सन्ध्या जारी

विराटनगरको सुशीला कोइराला नाटकघरमा सन्ध्या जारी

विराटनगर, ७ भदौ ।
विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा सन्ध्या नामको नाटक मञ्चन जारी छ । धिरज राईको लेखन र दिपेश भण्डारीको निर्देशन रहेको नाटक आरोहण गुरुकुलको आयोजनामा मञ्चन भईरहेको हो । भदौ १५ गतेसम्म मञ्चन हुने नाटकमा जिना कार्की, समिक्षा कार्की, सन्तोष गौतम, भरत कार्की, सुनिल चौधरी, राम राजवंशी र विकास पराजुली लगायतले अभिनय गरेका छन् । नाटकमा माओवादी अयोग्य लडाकुको कथा र लैंगिक विभेदलाई सशक्त रुपमा उठाइएको छ । हरेक दिन साँझ साढे ५ बजेदेखि नाटक मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । नियमित शो बाहेक बुकिङ शो पनि भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्