बिराटनगरको इस्टर्न इन्जिनियरिंग कलेज बिद्यार्थीको रोजाइमा पर्दै

<span class='c1'>बिराटनगरको इस्टर्न इन्जिनियरिंग कलेज</span> <span class='c2'>बिद्यार्थीको रोजाइमा पर्दै</span>

बिराटनगर भदौ ७ , बिराटनगरस्थित इस्टर्न इन्जिनियरिंग कलेज अहिले पुर्वमा इन्जिनियरिंग अध्ययन गर्न चाहने बिद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ।  कलेजमा बीई सिभिल,कम्पुटर र इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि पूर्वका बिभिन्न जिल्लाबाट इस्टर्न इन्जिनियरिंग कलेजमा भर्ना हुने बिद्यार्थीको संख्या बढिरहेको कलेजले जनाएको छ । 

गुणस्तरीय इन्जिनियरिंग शिक्षा लिनको लागि काठमान्डौ वा भारत नै जानुपर्ने बाध्यता अन्त्य भएको कलेजका प्राचार्य ई.अमित सुरानाले जानकारी दिए । उक्त कलेजले बिगत १८ वर्ष देखि इन्जिनियरिंगको कोर्ष दिदै आएको छ । कलेजबाट अहिलेसम्म उत्पादन भएका बिद्यार्थीहरु बिभिन्न देश तथा बिदेशमा काम गरिरहेको कलेजका प्रबन्ध निर्देशक अरुणकुमार राठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्