सुनसरीको चतराधाममा आगामी बैशाखमा कुम्भमेलाको तयारी, बालसन्त र मन्त्रीबीच छलफल

सुनसरीको चतराधाममा आगामी बैशाखमा कुम्भमेलाको तयारी, बालसन्त र मन्त्रीबीच छलफल

विराटनगर, ७ भदौ।
आउने नयाँ बर्षमा सुनसरीको चतरामा कुम्भमेला लगाउने बारेमा छलफल शुरु भएको छ । आज एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र बालसन्त मोहनदास देवाचार्य बिच यस बारेमा छलफल भएको हो । नयाँ वर्ष २०७६ बैसाख महिनामा सुनसरीको चतराधाममा लाग्ने कुम्भ मेलाको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा छलफल भएको हो । मचतराधाम प्रचिन हरिद्वारका रुपमा रहेको भन्ने बालसन्तले प्रचार गर्न सफल भएपछि अघिल्लो समयमा कुम्भमा भारतका समेत हिन्दू धर्मालम्बी चतरा आउनले गरेका छन् । कुम्भमा हिन्दु धर्मालम्बीको ठूलो घुइँचो लाग्ने गरेको छ ।
मन्त्रालयको पहलमा कुम्भको तयारी लगायत विषयमा प्रदेश सरकारका मन्त्रालय तथा सरकोकारवालाबीच भदौ २३ गते सर्वपक्षीय छलफल गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्