विराटनगरमा ठुलो परिणाममा चाँदीका गहना सहित भारतीय पक्राउ

<span class='c1'>विराटनगरमा ठुलो परिणाममा चाँदीका</span> <span class='c2'>गहना सहित भारतीय पक्राउ</span>

विराटनगर भदौ ८ ,  विराटनगर महानगरपालिका १५ बाट पाँच किलो तीन सय ग्राम चाँदीका गरगहना सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी वल हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङ विराटनगरको गस्ती टोलीले बुधबार राति ८ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरी वलका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी पञ्चायत १५ का ४० वर्षीय बलराम सिंह रहेका छन् ।

चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका रन्जितका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताए । उनका अनुसार शरीरमा फिट गरेर चाँदीका गरगहना ल्याउँदै गर्दा पक्राउ परेका भारतीय नागरिक र उनका साथबाट बरामद भएको चाँदी आवश्यक कारवाहीका लागि  विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै सशस्त्र प्रहरीले नै विराटनगर भन्सार कार्यालयको तीन नम्बर ढाटबाट दुई किलोग्राम चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा बरामद भएको चाँदी भारतबाटै तस्करी गरेर नेपाल ल्याइएको हुन सक्ने डीएसपी रन्जितिले बताए । यसका बारेमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । ठूलो परिणाममा चाँदी बरामद हुनुले चाँदी तस्करी पछिल्लो समयमा बढेर गएको निस्कर्ष निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्