विराटनगरमा पनि आयो महालक्ष्मी विकास बैंकको ७३ औं शाखा

विराटनगरमा पनि आयो महालक्ष्मी विकास बैंकको ७३ औं शाखा

विराटनगर ८ भदौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा विराटनगरमा ७३ औं शखा विस्तार गरेको छ । बैंकले बिराटनगर २ मेनरोड शनिहाट दक्षिणमा ७३ औं शाखा विस्तार गरेको हो । शाखाकोे औपचारिक उद्घाटन  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शुक्रबार समुद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायको समेत उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको बताए ।
आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने अधिकृत लामीछानेले प्रतिवद्धता जाहेर व्यक्त गरे ।
बैंकको अहिले देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढी रहेको र बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रहेको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको विराटनगर शाखा प्रमुख प्रवल श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्