विराटनगरको बजारमा रेनोल्ट क्याप्चर , नयाँ प्रिमियम फिचर सहितको विशेषता

विराटनगरको बजारमा रेनोल्ट क्याप्चर , नयाँ प्रिमियम फिचर सहितको विशेषता

विराटनगर ९ भदौ । रेनोल्ट  कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ ।
महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट  क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट  क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्रमलाई  भव्य बनाउन भाईरल डान्स स्टुडियोले डान्स प्रस्तुति दिएको थियो ।
यसको सम्पुर्ण विक्री वितरणको जिम्मा महाबिर अटो मोवाइलले जिम्मा लिएको छ । केही समय अगाडी नेपाली बजारमा आएको रनोल्ट  क्याप्चर नयाँ प्रिमियमफिचर सहितको विशेषता रहेको छ । रनोल्ट  क्याप्चर नेपाली बजारमा दुई ईन्जिनमा उपलब्ध रहेको र यसमा १.५ लिटर द लिजेन्ड्री के ९ डिजेल ईन्जिन दिएको छ । रेनोल्ट क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित पर्फमेन्स अकल्पनिय रहेको महाविर अटोमोवाइलका प्रबन्धक निर्देशक महेश शर्माले बताउनुभयो । शर्माका अनुसार यसका अन्यविशेषताहरु स्टेट अफआर्ट टेक्नोलोजी अन्र्तगतको क्रुजकन्ट्रोल, स्पिडमिटर र स्टेरिङ ह्वीलकन्ट्रोल रहेको छ । प्रबन्धक निर्देशक शर्माले भने नेपाली बजारमा तेस्रो स्थान ओगट्न सफल भएको रेनो भारतीय बजारको सफलता पछि हामीले नेपाली बजारमा ल्याएका हौ,।’ ‘आफ्नो सेग्मेन्टमा यो कार निकै चर्चित , लामो फराकिलो भएका कारण विराटनगरमा पनि यसले अन्य जस्तै सफलता दोहो¥याउने छ ।’

यसले ११० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्नेछ भने एच ४ के १.५ लिटर पेट्रोल ,ईन्जिनले १०५ बीएचपीपावर र १४२ एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्