‘गाउँमा कविता’ को २७ औं शृंखला : झोराहाटमा ४ जिल्लाका हस्तीहरुले कविता सुनाए

<span class='c1'>‘गाउँमा कविता’ को २७ औं शृंखला :</span> <span class='c2'>झोराहाटमा ४ जिल्लाका हस्तीहरुले कविता सुनाए</span>

विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् ।
कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो ।
विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत भएको कार्यक्रममा चारजना कविले चार–चार वटा कविता वाचन गरे । कार्यक्रममा झापाकी कवि भवानी क्षेत्रीले ‘मसँग पैंचो लैजाऊ’, ‘म नेपाली हुँ’, ‘आमा केही गर्नुहुन्न’ र मान्छेको कविता वाचन गर्नुभयो ।
त्यस्तै विराटनगरका कवि प्रेम सञ्जेलले ‘५७ वर्षे लक्का ठिटो’, ‘कान्तिपुरीको देश’, अर्काको काट्टो’ र ‘मेरो पुर्पुरो’ शीर्षकको कविता प्रस्तुत गर्दा पत्रकारसमेत रहेका मकवानपुरका कवि रामकुमार एलनले ‘मैले उखु बारी बेच्ने भएँ’, ‘सम्पादक घाँस खाँदैन’, ‘आमा सर्प खेती मौलायो अरे’ र राँकिएका रोमप्रसाद’ शीर्षकको कविता सुनाउनुभयो ।
धादिङका कवि दीपेन्द्रसिंह थापाले ‘पहिचान र प्रश्न’, ‘दुःखको उकालो’, ‘जन्मजात दृष्टिविहीनको सपना’ र ‘मन्त्रणा’ शीर्षकको कविता वाचन गर्नुभयो । झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, समाजसेवी हरिचरण न्यौपानेलगायतले कविहरूलाई माला र खादा लगाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्