झोराहाटमा ‘गाउँमा कविता’ को २७ औं शृंखला पुरा

<span class='c1'>झोराहाटमा ‘गाउँमा कविता’ को</span> <span class='c2'>२७ औं शृंखला पुरा</span>

विराटनगर, १० भदौ ।
‘गाउँमा कविता’ को २७ औं शृंखला मोरङको झोराहाटमा सम्पन्न भएको छ । विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत कार्यक्रममा चारजना कविले कविता वाचन गरे । झापाकी कवि भवानी क्षेत्री, मोरङका कवि प्रेम सञ्जेल, मकवानपुरका कवि रामकुमार एलनले र धादिङका कवि दीपेन्द्रसिंह थापाले चार–चार वटा कविता वाचन गरे । झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, समाजसेवी हरिचरण न्यौपानेलगायतले कविहरुलाई माला र खादा लगाइदिएर सम्मान गरे । झोराहाट नाट्य केन्द्रको आयोजनामा हुने कार्यक्रममा हालसम्म नेपाल र भारतका सयभन्दा बढी कविहरुले आफ्ना सिर्जना प्रस्तुत गरिसक्नुभएको कार्यक्रम संयोजक प्रयाग न्यौपानेले जानकारी दिए । केन्द्रले कविता वाचनसँगै नाटक मञ्चन र नाटकसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियासमेत सञ्चालन गर्दै आएको गाउँमा कविता कार्यक्रमका सहसंयोजक उमेश लुइँटेलले जानकारी दिए । केही हप्ताअघि मात्रै उपन्यासकार लीलबहादुर क्षेत्रीको उपन्यासमा आधारित बसाइँ नाटक मञ्चन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्