बिराटनगरमा पहिलोपटक रुबिक क्युब सल्भिङ प्रतियोगिता हुदै

बिराटनगरमा पहिलोपटक रुबिक क्युब सल्भिङ प्रतियोगिता हुदै

सरोज लम्साल
भाद्र १०, विराटनगर

विराटनगरमा नेपाल क्युब संघ र लायन्स क्लब अफ विराटनगर गुरासको आयोजनामा पहिलो रुबिक क्युब सल्भिङ प्रतियोगिता भाद्र ३० गते हुन गइरहेको छ । 

बिराटनगर ११ स्थित सङ्गम पार्टि प्यालेसमा उक्त प्रतियोगिता हुन गइरहेको हो । उक्त प्रतियोगिता जस्तै गत वर्ष काठमाण्डैमा आयोजित नेपाल ओपन रुबिक क्युब प्रतियोगितामा १५० भन्दा बदि सहभागि भ​एका थिए।
रुबिक क्युब एक प्रकारको पजल हो। जसमा ६ रङ्गहरु हुन्छ्न्। यो क्युब सुल्झाउनेलाई क्युबर्स भनिन्छ भने क्युबर्सहरुले सकेसम्म चाडो क्युब सुल्झाउनु पर्ने हुन्छ्।

विराटनगरमा हुन गइरहेको क्युब सल्भिङ प्रतियोगितामा थ्रि बाई थ्रि, टु बाई टु र पिरामिन्क्स गरि तिन बिधामा प्रतिस्पर्दा हुने र दर्ता खुल्ला रहेको आयोजक सन्केत लम्सालले आवर विराटनगरलाई जानकारि दिए। युवाहरु माज रमाईलोको लागि लोकप्रिय खेल अचेल व्यवसयिक रुप प्रतियोगिताकै रुपमा खेलिन थालिएको छ।

दर्ता गर्नका लागिः https://www.worldcubeassociation.org/competitions/BiratnagarOpen2018/register

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्