क्वालिटिले बजारमा ल्यायो ‘रोमियो’ र ‘ज्याकपट’ ब्राण्डका चाउचाउ

<span class='c1'>क्वालिटिले बजारमा ल्यायो ‘रोमियो’</span> <span class='c2'>र ‘ज्याकपट’ ब्राण्डका चाउचाउ</span>

विराटनगर १० भदौ । क्वालिटि नुडल्स इन्डष्ट्रिज प्रा लि. ले ‘रोमियो’ र ‘ज्याकपट’ ब्राण्डका चाउचाउ बजारमा ल्याएको छ । करिव ३३ वर्ष अघि सानो विस्कुट उद्योग स्थापना गरेर व्यवसाय आरम्भ गरेका गणपतलाल काबराले नयाँ उत्पादन सुरु गरेका छन् ।
चाउचाउ उत्पादनमा प्रवेश गरेको काबरा ग्रुपले केही समय स्वदेशको बजारमा प्रतिष्पर्धा गर्ने र केही समयपछि विदेश निर्यात गर्ने लक्ष रहेको जनाएको छ । गुणस्तरमा विशेज जोड दिइएको दावी गर्दै उद्योगले उत्पादित चाउचाउमा प्रयोग हुने मसला लगायत सबै खाद्यवस्तुहरु गुणस्तरीय र जनस्वास्थ्य अनुकुल रहेको जनाएको छ ।
पछिल्लो समय चाउचाउको तौल घटाएर बढी मूल्य लिने प्रवृत्तिले उपभोक्ता ठगिमा पर्दै आएको भन्दै उद्योगले ७० ग्रामको प्याकेट १५ रुपियाँ र ५५ ग्रामको प्याकेट १० रुपियाँमा बिक्री गर्ने जनाएको छ । प्याकेटमा २ रुपियाँ मूल्य पर्ने चकलेट समावेश गरिएको छ ।
प्रारम्भमा दैनिक २० हजार कार्टुन चाउचाउ उत्पादन गर्ने उद्योगले जनाएको छ । बजार विस्तारसंगै उत्पादन वृद्धि गर्दै जाने योजना रहेको मार्के्टिङ चिफ सुनिलचन्द्र मुखियाले जानकारी दिए । नयाँ उद्योगले ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ । ग्रुपले यस अघि बिस्कुट र चकलेट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्