विराटनगरमा बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगरमा बेग्लाबेग्लै सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगर, १० भदौ । विराटनगरमा बेग्लाबेग्लै स्थानमा आईतबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिराटनगर महानगरपालिका–१ बुद्ध चौक स्थित भित्री सडक खण्डमा बिहान को ३४ प ३२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकल चालक सोही स्थान बस्ने वर्ष ७८ को योगनाथ पौडेल घाइते भएका छन् । घाइते पौडेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका ४ बस्ने ३२ बर्षिय धन बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा लिएको छ । यसैगरी बिराटनगर महानगरपालिका ११ स्थित पाञ्चालीमा दिउँसो को १ ह १५१४ नम्बरको सिटी सफारीले ठक्कर दिदा पैदलयात्री विराटनगर महानगरपालिका १२ बस्ने विर बहादुर श्रेष्ठको छोरा वर्ष ६ को सौर्य श्रेष्ठ घाइते भएका छन् । घाइते बालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने सिटी सफारी चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका १४ बस्ने वर्ष २८ को राम साह जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।
यसैगरी सुन्दरहरैचा नगरपालिका ७ ठडिया स्थित पूर्व पश्चिम राजमार्गमा को १ च ७४५१ नम्बरको जीपलाई को १ ख ३५०५ नम्बरको ट्रकको पछाडी ठक्करदिँदा जीपमा सवार झापाको दमक नगरपालिका ५ बस्ने ३८ बर्षियसम्झना कार्की घाइते भएकी छिन । घाइते कार्कीलाई स्थानीय क्लिनिक पुर्याई उपचार गराईएको छ भने ट्रक, जीप तथा दुवै सवारी साधनका चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्