मिल्क टि पिउने बानी छ ? हुनसक्छ यस्तो हानी

मिल्क टि पिउने बानी छ ? हुनसक्छ यस्तो हानी

जब हामी कसैको घरमा पाहुना लाग्छौं । सत्कार स्वरुप तात्तातो चिया आइपुग्छ । चियो यस्तो पेय हो, जुन सत्कारको रुपमा सर्भ गरिन्छ । हरेकको घरघरमा चिया पाक्छ । त्यसो त हामी यसो फुर्सदिलो समय कटाउन वा बसिबियाँलो गर्न पनि चियाको चुस्की खोज्छौं ।

तर, चिया भन्नसाथ हामी दुध, चिनी मिश्रण गरिएको चिया सम्झन्छौं । हाम्रो जिब्रोमा पनि त्यसकै स्वाद भिजेको छ ।

प्राय नेपालीहरुको घरघरमा बिहान, दिउँसो चिया पाकेकै हुन्छ । घरमा कोही पाहुना आएमा पनि चियाले नै पाहुनाको स्वागत गरिन्छ ।

हामीमध्ये धेरैले दिनमा पटक पटक चिया पिउने गर्छन् । कतिले त एकै दिनमा ७-८ कप चिया पनि पिउँछन् । यस्तै जाडो महिनामा पनि मानिसहरुले धेरै चिया पिउने गर्छन् ।

धेरै मानिसहरुले फिक्का चिया वा कागती राखिएको चिया भन्दा दूध चिया नै पिउन मन पराउँछन् । दूध चियाका पारखीहरुले बाक्लो दुधमा कडा रंगआउने गरि मज्जाले पकाएको चिया पिउन मन पराउँछन् ।

तर, के तपाईलाई थाहा छ दूध चियाको अत्यधिक सेवन स्वास्थ्यको लागि हानीकारक पनि हुन सक्छ ?

विशेष गरि दूध चियाको धेरै सेवनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । दूध चिया स्वास्थ्यको लागि धेरै नै हानीकारक हुन्छ ।

यस्ता छन् धेरै चिया पिउँदा हुने समस्याहरु

१. पेट फुल्ने

ब्लोटिङ धेरै चिया पिउनाले पेट फुल्ने समस्या पैदा हुन्छ । चियामा धेरै मात्रामा क्याफिन हुन्छ जो पेटफुल्नाको एक कारण बन्छ ।

दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ त्यसैले चियाको सेवन कम गर्नुपर्छ । दूध चियाको अत्याधिक सेवनले तपाईंलाई ग्यास्टि्रकको समस्या निम्त्याउन सक्छ ।

२. पोषक तत्वको कमी

यदि तपाई अत्यधिक मात्रामा चिया पिउनुहुन्छ भने यसले शरीरमा पोषक तत्वको कमी पनि हुन सक्छ । चियामा रहेको दूधले शरीरमा पोषक तत्वको अवशोषणमा बाधा पुर्याउँछ । जसले शरीरमा आइरन, जिन्क आदी पोषक तत्वको कमी हुन्छ ।

३. निन्द्रा नलाग्ने र तनाव बढ्ने

चियाको अधिक सेवन शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि हानीकारक हुन्छ ।

क्याफिनको कारण निन्द्रा आउँदैन जुन तनाव बढ्ने मुख्य कारण हुन्छ । यसैले धेरै चिया पिउनाले एन्जाइटी तनाव बेचैनी र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ ।

४. चियाको लत लाग्ने

चियामा क्याफिन हुन्छ जो एडिक्सनको कारण हुन्छ । यदि तपाईं दैनिक २-३ कप चिया पिउनुहुन्छ भने तपाई चियाको एडिक्ट हुन सक्नुहुन्छ । यस्तोमा तपाईंलाई चियाको तलतल लाग्छ र चिया पिउन नपाएमा काम गर्न उर्जाको कमी र तनाव महसुस हुन्छ ।

५. डिहाइड्रेसन

चियाको कारण डिहाइड्रेसनको समस्या पैदा हुन्छ । चिया तरल पेय पदार्थ भएकाले यसले त झनै शरीरमा पानीको मात्रा बढाउनुपर्ने भनेर धेरैले सोच्न सक्छन् ।

तर, चियामा क्याफिन हुन्छ जसले शरीरबाट पानीको मात्रालाई अवशोषित गर्छ र तपाईलाई डिहाइड्रेशनको शिकार बनाइदिन्छ ।

चियाको निश्चित मात्रा भन्दा धेरै सेवन हानीकारक हुन्छ त्यसैले दिनमा २-३ कप भन्दा धेरै चिया नपिउनुहोस् । सकेसम्म दूध चिया नपिउनुहोस्, फिक्का चिया पिउँदा भने खासै समस्या हुँदैन । बिहान खालीपेटमा त झनै दूध चिया बिर्सेर पनि नपिउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्