विराटनगरवाट एक लाख ११ हजार रुपैया बराबरको अवैध सामान बरामद

विराटनगरवाट एक लाख ११ हजार रुपैया बराबरको अवैध सामान बरामद

विराटनगर, ११  भदाै ।  ईलाका प्रहरी कार्यालय रानीले  मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ बाट १ लाख ११ हजार ८ सय २५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले सोमबार बिहान भारतबाट भन्सार छलेर ल्याएको रेडिमेड सर्ट, लेडिज टप्स, साडी, कुर्ता सुरुवाल, गाडीको कार्पेट तथा खाद्यान्न लगायतको समाग्री बरामद गरेको हाे ।  बरामद सामान सोमबार बिराटनगर भन्सार कार्यालयमा बुझाईएको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्