रंगेली भदौ १२ , माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै १३ बर्षिया बालिका बलात्कृत भएकी छन् । कर्सिया बजार नजिकै रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरीले बर्ष १३ की एक बालिकालाई बिधालयकाे कक्षा काेठामा लगेर बलत्कार गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेको छ ।
चाैधरीलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।