मोरङको बुंढीगंगामा ‘सक्कली’ भन्दै झुक्याएर नक्कली पाउजु बेच्ने भारतीय नागरिक पक्राउ

मोरङको बुंढीगंगामा ‘सक्कली’ भन्दै झुक्याएर नक्कली पाउजु बेच्ने भारतीय नागरिक पक्राउ

मोरङको बुंढीगंगा गाउँपालिका–२ गंगाचोकबाट ‘सक्कली’ भन्दै झुक्याएर नक्कली  पाउजु बेच्ने भारतीय नागरिक जमशेर आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको अररिया अमडा पञ्चायत–५ बस्ने २५ बर्षिय आलमलाई नक्कली  चाँदीका गहना विक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ ।

आलमले सोही चोक बस्ने २५ बर्षिया तारा ऋषिदेवलाई झुक्याई सक्कली भनि नक्कली चाँदिको पाउजु विक्री गर्न लागेका थिए । प्रहरीले आलमको साथबाट ७ तोला नक्कली चाँदीको एकजोर पाउजु, ४ ओटा नक्कली सुनको फुली बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा करिब ९ दिन पहिले जमशेरले सोही ठाउँ बस्ने ३५ बर्षिया सेमा ऋषिदेवलाई २ जोर नक्कली चाँदीको पाउजु झुक्याएर विक्री गरेको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ ।

यसैबिच, भारतको सिमलाबाट बांकेको रुपैडियासम्म आउने क्रममा दैलेख कटिस नगरपालिका–५ बस्ने ३६ बर्षिय कालु विकको नगद १ लाख भारतिय रुपैयाँ लुटपाट भएको छ । सोही ठाउँस्थित जगन्नाथ गाउँपालिका बस्ने २३ बर्षिय राजु बिकको पनी २५ हजार भारतीय रुपैयाँ लुटपाट भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरुलाई अपरिचित ब्यक्तिहरुले बिस्कुट र पानी खुवाएर बेहोस बनाई साथमा रहेको नगद लुटपाट गरेर भागेको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ । (रातोपाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्