विराटनगरमा बाल मनोविज्ञान सम्बन्धि कार्यशाला

विराटनगरमा बाल मनोविज्ञान सम्बन्धि कार्यशाला

विराटनगर, १२ भदौ ।
विराटनगरमा एक दिने बाल मनोबिज्ञान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । हिसान मोरङको आयोजनामा बालबालिकालाई सिकार्य उपलब्धी कसरी हाँसिल गर्ने र बालमनोबिज्ञान कसरी बुझ्न सकिन्छ भन्ने बारेमा कार्यशालामा छलफल भएको हो । भारतको ओ.पि.जिन्दल विश्वविद्यालयका उपाध्यक्ष प्रा.डा.सन्जिब पि साहनीले बाल मनोबिज्ञान सम्बन्धि प्रशिक्षण दिएका हुन । हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालको उपस्थिती गोष्ठी आयोजना गरिएको हो । जेनियल होटेलमा आयोजित कार्यक्रममा बिभिन्न प्राध्यापकहरुले गोष्ठीमा प्रशिक्षण दिएको हिसान मोरङ अध्यक्ष बलराम पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्