विराटनगरका रातागाडी रहस्य, नागरिक कम्पनीको रातो गाडीपछि सबै कम्पनीका गाडी रातैराता

<span class='c1'>विराटनगरका रातागाडी रहस्य, नागरिक कम्पनीको रातो</span> <span class='c2'>गाडीपछि सबै कम्पनीका गाडी रातैराता</span>

प्रेम देवान/ओबी
विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न पत आफु बसेको सिटमाथि राखिएको कालो प्लष्टिक निकालेर बान्ता (उल्टी) गरिन् ।
उनले गरेको बान्ता अब कहाँ राख्ने या झ्यालबाट लफाल्ने उनलाई निक्कै तनाव भयो । तर गाडीका हेल्परले गाडी भित्रै रहेको ढक्कन सहितको डस्टविन देखाईदिए । उनले फोहोर त्यहीँ फालिन् । उनलाई अरुबेलाको जस्तो समस्या भएन । हतारको बेला प्लाष्टिक खोजिराख्नु परेन् । करिब २ घन्टा भित्रै विराटनगर आईपुगेकी राईले भनिन् ‘धन्न गाडी भित्रै प्लाष्टिक रहेछ र सजिलो भयो ।’
उनी जस्तै अर्का ४५ बर्षिया खुद्रा व्यापारी पंकज शाहलाई रातागाडीले साह्रै सहज भएको बताउँछन् । उनको खुट्टामा चोट थियो, उनी अशक्त सिटमा आनन्दले बसेर विराटनगर आईपुगेका थिए ।
नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सञ्चालनमा ल्याएका अत्याधुनिक सुविधायुक्त राता बस यात्रुको रोजाई बन्न थालेको छ । अन्य बस भन्दा सहज र सजिलो हुने गरेका कारण आफुले सधै नागरिक बसमा नै यात्रा गर्ने गरेको विराटनगरकी दिपा राईले बताईन् । अन्य बस जस्तो जहाँपायो त्यहाँ नरोक्ने भएका कारण ननस्टप हिड्नेगर्छ, अर्को कुरा काठमाडौँ जाने बस जतिकै सुविधा युक्त हुने गरेका कारण आफ्ना सामानपनि सुरक्षित हुने र सिसि क्यामाराको निगरानीमा हुने भएका कारण नागरिक बसमा नै यात्रा गर्न सहज हुने गरेको उनले बताईन् ।
नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिसँग अहिले १५ वटा रातो कलरको गाडी छन् । काकडभिट्टाबाट धरानका लागि ७ वटा र विराटनगरका लागि ७ वटा गाडी चल्ने गरेको नागरिक यातायात ट्राभल्स एण्ड टुर प्रालिका संचालक राजेन्द्र रिजालले जानकारी दिए । एउटा रिप्लेसमा राख्ने गरिएको उनले बताए ।
बसभित्र जीपिएस सिस्टम
बसमा सबैभन्दा राम्रो पक्ष भनेको आफू कुन स्थानमा उत्रने हो त्यो आफै गाडी भित्र भएको जिपिएस सिस्टमले बताउने गरेको संचालक रिजालले बताए । कम्पनीका बसले अढाई घण्टामा काँकरभिट्टाबाट धरान र ३ घण्टाको अवधिमा विराटनगरको यात्रा पूरा गर्ने गरी राताबसहरु अहिले बजारमा प्रसस्तै देखिन्छन् ।
राता नागरिक यातायातका बसमा यात्रा गर्ने अशक्त र महिलाहरुलाई आरक्षण सिटको व्यवस्था, बालबालिका र अशक्त नागरिकलाई बस चढ्न सहज होस् भन्नका लागि बस सञ्चालनमा ल्याईएको नागरिक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिका प्रवन्धक रविन सुवेदीले आवर विराटनगरलाई जानकारी दिए ।
त्यसैगरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थी वर्गलाई परिचय पत्रका आधारमा सरकारले निर्धारण गरेको छुट सुबिधा दिईएको छ। विद्यार्थीलाई सार्वजिनक विदा बाहेक अन्य दिन ४५ प्रतिशत छुटको व्यावस्था गरिएको मे १ ख २५५४ नम्बरका परिचालक निलकण्ठ निरौलले बताए।
अझ यसमा जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटको व्यावस्था गरिएको उनको भनाई छ। उनले भने, ‘अन्य गाडीमा जस्तो यात्रुहरुसँग भाडाकोलागि झागडा र मोलमोलाई गरिराख्न नपर्ने, कम्पनीले तोेके अनुसारको भाडा लिने हो यसले गर्दा यात्रुहरुसँग राम्रो सम्बन्ध स्थापित हुन्छ ।’
यात्रुहरुलाई जबरजस्ती बोलाउनु नपर्ने अरु बेला जस्तो यात्रुहरुलाई तछाड र मछाड गर्दै ल्याउनु नपनर्,े विभिन्न स्थानको नाम जिपिएस सिस्टम आफैले भन्ने गरेका कारण यसले हामी बसका हेल्परलाई झनै सजिलो हुने गरेको उक्त बसको हेल्पर चन्द्रकुमार राईले बताए ।
जिपिएसको सहयोगमा यात्रुहरुलाई बस रोकिने ठाउँ, आइपुग्न लागेको सूचना उपलब्ध हुने, यात्रुले आफ्नो स्मार्ट फोनमा नागरिक यातायातको एप्स डाउनलोड गरी कम्पनीको कुन बस कहाँ छ र कति बेला कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी अनलाइनबाट प्राप्त गर्न सक्ने नागरिक यातायातका बजार व्यापस्थापक प्रमुख किरण काफ्लेले जानकारी दिए । प्रालिले यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा सिसी क्यामेरा र मनोरञ्जनका लागि प्रत्येक बसमा टिभी जडान गरिएको, बसका कर्मचारीको ब्यवहार यात्रुमैत्री हुने स्पष्ट पार्दै कर्मचारीको व्यवहार र बस सेवासँग सम्बन्धित गुनासा भए आधिकारीक सम्पर्क नम्बर पनि बसमा स्पष्ट टासिरएको छ । बसमा २५ देखि ३५ सम्मका फराकिला सिट तथा फोहोर फाल्नका लागि डस्टविनको व्यवस्था, गाडीमा बान्ता आउनेहरुका लागी सिटैपिछे प्लाष्टिक झुन्डिाईएका हुन्छन् ।
यात्राका क्रममा यात्रुको ज्यान गए पाँच लाख रुपैयाँ र घाइतेका लागि तीन लाख रुपैयाँसम्मको विमा समेत गरिएको संस्थापक रिजालले बताए । समयको मागसंगै हामीले सुविधायुक्त बस भित्राएको रिजालले जानकारी दिए । राता बसमा यात्रुले चाहे अनुसारको सबै सुविधा पाउन थालेपछि राताबस पछिल्ला समय सबै यात्रुको रोजाई बन्न पुगेको छ । नागरिक यातायात मात्र हैन, हिमशिखर, एरिना, जनता, सुर्योदय लगायतका एक दर्जन कम्पनी पछिल्लो एक बर्षमा राता बसहरु लिएर भित्रिएका छन् । अझ नेपाल सरकाले सिण्डिकेट खारेज गरेसँगै नयाँ कम्पनीहरुले पनि नयाँ बसहरु बिराटनगरमा थपेका छन् ।
राता बस जस्तै सगरमाथा यातायात हरियो बस हो, काडमाडौँको साझा यातायातको मोडेलमा आएको यो बसले पनि यात्रुलाई सुबिधायुक्त यात्रा गराउने गरेको यात्रुहरुको बुझाई छ । तर पछिल्लो समयमा नागरिक यातायातले आफ्नो गुणस्तरमा सबैको मन जित्न थालेपछि रातागाडीहरुको ठुलै ताँती लागेको छ । तर कतिपय अबस्थामा पुराना गाडीलाई पनि राता गाडी बनाउने लहर नै चल्न थालेको छ । केही सकारात्मक सँगै यसको पछाडी केही नकारात्मक बिषय पनि भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्