मस्तिष्कको क्षमता बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस !

मस्तिष्कको क्षमता बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस !

कहिलेकाहीँ मानिसलाई कसैको नाम अथवा कुनै स्थानको नाम स्मरण गर्न अनेक प्रयास गर्दापनि याद आउन सक्दैन ।

भनिन्छ नि उमेर बढ्दै जाँदा स्मरण शक्ति कम हुँदै जान्छ, जुन साँचो पनि हो तर तपाईं–हामी आफ्नो मस्तिष्कलाई तन्दुरुस्त राख्न सक्छौं । यदि तपाईं आफ्नो मस्तिष्कको क्षमता बढाउन चाहनुहुन्छ भने निम्न तरिकाहरु अपनाउन सक्नुहुन्छ ।

१. व्यायाम

व्यायामले मानिसको मस्तिष्क राम्रो हुन्छ । व्यायाम गर्नाले मस्तिष्कका  कोशिकाहरुको बीचमा आपसी सम्पर्क राम्रो हुनुका साथै नयाँ कोशिकाहरु पनि निर्माढा हुन्छन् । कार्डियोयुक्त व्यायाम गर्दा मानिसले बढी अक्सिजन लिन्छन् । यो व्यायाम घरभन्दा बाहिर गरे व्यायामकर्ताले भिटामिन ‘डी’ पनि प्राप्त गर्दछ ।

२.स्मरण गर्नुहोस् 

यो तरिका अभिनेताहरुले अपनाउने गर्दछन् । यदि तपाईले कुनै कुरा ‘मुभमेन्ट’ का साथ गर्नुहुन्छ भने त्यसलाई सम्झिने सम्भावना बढी हुन्छ । तपाईंले कुने प्रस्तुती अथवा भाषण दिनुपर्ने छ भने त्यसको तयारी स्वरुप आफ्नो लिखत सामग्रीलाई हिँड्दै अथवा नाच्दै याद गरेर हेर्नुस्, स्पष्ट रुपमा फरक पाउनुहुनेछ ।

३. सन्तुलित भोजन

तपाईंले जुन सुकै ‘सुगर’ र ‘ईनर्जी’ को ‘इनटेक’ लिनुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सिधा–सिधा मस्तिष्कमा जान्छ । यही कारणले मस्तिष्कको कामकाजी आवस्था ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।  तपाईंको शरिरमा चिनीको मात्रा नियन्त्रित नहुँदा मस्तिष्क दिग्भ्रमित (कन्फ्युज) हुन सक्छ । मस्तिष्कका लागि ‘डोपामाइन केमिकल’ निस्कने भोजनको सेवन मस्तिष्कालगि लाभदायक हुन्छ ।

बोसो (फ्याट) ले मस्तिष्कमा कोशिकाहरु निर्माण गर्ने भएकाले खानामा ‘फ्याट’ को प्रयोग छोड्नुहुँदैन । यसका साथै ओखर, गेडागुडी, नासपाती र माछा मस्तिष्कका लागि लाभदायक हुन्छन् ।

४. दुनियाँबाट थोरै टाढा हुन पनि सिक्नुस् 

तनाव दिमागका लागि महत्वपूर्ण हुन्छ, किनकी अप्ठ्यारो अवस्थामा नै दिमागले तीव्र रुपमा सोच्न सकछ । तर बढी समयसम्म तनाव रहनु दिमागका लागि उचित होइन् । यस कारण पनि समय–समयमा दुनियाँबाट एकाएक टाढा बस्नुपनि राम्रो हुन्छ, यसले दिमागलाई आराम हुन्छ ।

५. नयाँ चुनौतीहरुको खोज 

दिमागलाई तन्दुरुस्त राख्नका लागि चुनौतीहरु दिइराख्नुस् र नयाँ–नयाँ कुराहरु सिक्दै गर्नुस् । तपाईं कुनै नयाँ भाषा सिकेर अथवा कुनै नयाँ कला सिकेर दिमागी क्षमता बढाउनु सक्नुहुन्छ । यी कुराहरु गर्न सक्नु हुन्न भने साथीभाई अथवा परिवारका सदस्यहरुसँग अनलाइन गेम खेलेर हेर्नुस् ।

६. संगीत सुन्नुहोस 

संगीतको मस्तिष्कमा जादुमय असर पर्दछ । गीत गाउँदै गरेको अथवा वाद्यवादन यन्त्र बजाइरहेको व्यक्तिलाई हेुर्नहोस्, तपाईलाई त्यो व्यक्तिको पूरै शरीर ‘एक्टिभ’  रहेको भान हुन्छ । कयौं स्मरण शक्ति गुमेका घटनाहरुमा संगीतबाट लाभ पुगेको देखिएको छ ।

७. अभ्ययन गर्नुहोस् र सुत्नुहोस् 

यदि तपाईंले दिनमा केही नयाँ कुरा पढ्नुभयो भने तपाईंको मस्तिष्कका दुई कोशिकाहरुका तार एक–आपसमा जोडिन्छन् । जब तपाईं सुत्नुहुन्छ, त्यो बेला उक्त सम्पर्क मजबुत हुन्छ र तपाईले अध्ययन गरेको कुरा स्मरण शक्तिमा गएर बस्छ । यसकारण निन्द्रा स्मरणका लागि सबैभन्दा महत्वपूर्ण ‘फ्याक्टर’ हुन्छ ।

सुत्नुभन्दा अघि फिल्म र डर लाग्दा कथाहरुबाट बच्नुपर्दछ । सकारात्मक अनुभवका साथ सुत्नु मस्तिष्कका लागि लाभदायक हुन्छ ।

८. बिहान यसरी उठ्नुहोस् 

तपाईंले बुझिसक्नु भयो– निन्द्रा अत्यन्तै महत्वपूर्ण छ । यदि तपाईं पाँच घण्टाभन्दा कम सुत्नुहुन्छ भने मानसिक रूपमा ‘अलर्ट’ हुन सक्न्ुहुन्न् । १० घण्टाभन्दा बढी सुत्दापनि यही अवस्था दोहोरिन्छ ।

तपाईं कसरी उठ्नुहुन्छ भन्ने कुरापनि मस्तिष्कका लागि महत्वपूर्ण छ । अँध्यारोमा सत्नु र विस्तारै बढ्दै गएको उज्यालोमा उठ्नु अत्यन्तै लाभदायक हुन्छ । सूर्यको बढ्दो प्रकाश आँखाको परेला हुँदै गए मस्तिष्कलाई राम्रो प्रतिक्रियाका लागि तयार गर्दछ । तपाईंको घरमा सूर्यको प्रकाश पर्दैन भने ‘लाइट सिस्टम’ भएको अलार्म किन्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्