शनिबारीय विशेष : किन भड्किलो बन्दै छ तीज….. विराटनगरमा एक महिना अगाडीदेखि नै तिज मनाउने होडवबाजी…..

शनिबारीय विशेष : किन भड्किलो बन्दै छ तीज….. विराटनगरमा एक महिना अगाडीदेखि नै तिज मनाउने होडवबाजी…..

प्रेम देवान
विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ ।

महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विशेष अतिथि बोलाउनुपर्छ भन्ने तीज मनाउने आयोजकहरुको ठम्याई छ । त्यस्तै विराटनगरकी अर्की नेकपाकी एक सक्रिय महिला नेतृ नमिता न्यौपानेलाई भदौको दोस्रो हप्तासम्म आदा दर्जन बढी स्थानबाट तीज मनाउनको लागी विशेष निम्तो आईसकेको बताउनुुहुन्छ । उहाँले दुईवटा भन्दा बढी तीज कार्यक्रममा जान भ्याउनुभएन । उहाँ जस्तै विराटनगर महानगरपालीकाकी नगर बोर्ड महिला सदस्य शिला श्रेष्ठले पनि विराटनगर ७ का स्थानिय महिलाहरुले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन पुग्नुभयो ।

गत भदौ २ गते शनिबार विराटनगरको विग होटेलमा एउटा भव्य रुपमा तीज विशेष कार्यक्रममा भयो । विराटनगरमा रहेको रोयल भेलभेट बुटिक र इन्सारा ब्युटी पार्लरले तिज विषेश कार्यक्रम आयोजना गरिएको गरिएको थियो । त्यहाँ सहभागी भएका महिलाहरुको पहिरान हेर्दा कम्तिमा पनि २० हजार भन्दा तलका थिएनन् । अधिकास महिलाहरु ब्राईडल, चुरी, लेङ्गा, चोली, र हातभरी चुरा अनि ब्रास्लेट खुट्टामा पाँच ईन्चका हिलमा सजिएका थिए । तीज कार्यक्रममा उच्च घरानाका महिलाहरुको विशेष उपस्थिती थियो । त्यहाँ विभिन्न संस्कृतिक नृत्य , फेसन शो , मेक अप शो अनि फोटोसुटका कार्यक्रम भएका दृष्य प्रष्ट देखिन्थे ।

अहिले तीजमा सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेस र ठूला होटलका स्न्याक्स र ड्रिंक्स हातमा भएन भने तीज नै होईनकी भन्ने भान धेरै महिलाहरुमा हुन्छ । अहिले वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगिमामा प्रस्तुत भएका गितका भिडीयोहरु सार्वजनिकरुपमा आईरहेका छन् ।
समालोचक तथा समिक्षक बाबुराम तिम्सिनाको भनाईको आधारमा हरितालिका तीज भनेको कुनैवेला भगवान पार्वतीले शुद्ध ब्रत बसेर राम्रा पति पाउ भनेर पानी पनि नखाई ब्रत बसेकी थिइन् । तर अहिले तीजको मौलिकता हराउदै गएको छ ।
भड्किलो र आधुनिक रुपमा तीज मनाउन थालिएपछि तीजको मर्म र भावना मेटिएदै गएको छ । चेली र माइतीसंग जोडिएको तीजलाई अहिले भड्किलो रुपमा मनोरञ्जनका रुपमा लिन थाले पछि यसको महत्व र भावना र मौलिकतामा परिवर्तन हुदै गएको समालोचक तिम्सिीनाको बुझाई छ । उहाँ भन्नुहुन्छ’,महिलाहरुले तीज पर्व मनाउने नाममा विकृती पैmलाउदै गएका छन् ।’
दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लगेर दर खुवाउने, चेली र माइतिका बीचमा सुख, दुःख साटासाट गर्ने, गीतबाटै पीर ब्यर्थाहरु पोख्ने तीजको मौलिकता हो भने चेलीको सम्मान तीजको महत्व हो, तर तीजको मौलिकता आधुनिकतासंगै हराएको बताउनुहुन्छ महिला नेतृ नमिता न्यौपाने ।

पछिल्लो हरेक वर्षहरुमा तीज अझ भड्किलो र खर्चिलो हुँदै गएको छ । सामान्य मान्छेले तीज मनाउन नसक्ने अवस्था आएको छ । महंगो लगाउने, होटेल, पाटी प्यालेसमा खाने, नाच्ने रमाउने, तीजका लागि महंगा होटेल नै बुक गर्ने प्रचलन बढेको छ । गाउँघर र छिमेकका दिदीबहिनीहरु जम्मा भएर रमाईलो गर्ने दुःख, सुख गर्ने तीजमा अहिले भने ठुला ठुला कार्यक्रम आयोजना गर्ने, ट्रयाकमा गीत गाउने, नाच्ने प्रचलन बढेको छ ।
विराटनगरका विभिन्न टोलटोलका महिलाहरु, विभिन्न समूह, संघ, संगठनहरु, प्रतिष्ठानहरुका साथै सरकारी तथा गैरसरकारी कार्यालयहरुले पनि भड्किला खालका औपचारिक कार्यक्रम आयोजना गरिरहेका छन् । त्यस्ता कार्यक्रममा थुप्रै खर्च गर्ने गरिएको हुन्छ । यद्यपी कही कतै भने मौलिकता झल्किने गरी तीज गीत प्रतियोगिता लगायतका राम्रा कार्यक्रमहरु पनि गर्ने गरिएको छ ।

तीजमा देखिएको यस्तो विकृतिलाई अब हामी आफै नेपाली महिलाहरुले रोक्नुपर्ने बताउनुहुन्छ, विराटनगर महानगरपालीकाकी उप मेयर ईन्दिरा कार्की । ‘तीजमा हुनुपर्ने मौलिकता नभएको र तडकभडक बढिरहेको भन्दै यसलाई हामी आफै यसलाई रोक्नुपर्छ । तुलनात्मक रुपमा हरेक वर्ष तीज भड्किलो बन्दै गएको उहाँको ठम्याई छ । अखिर जे होस हामीले महिलाको विशेष तिजलाई मनाउन हुदैन भनेर विरोध गर्न खोजेको भने किमार्थ होईन, हामी यति मात्र भन्न चाहान्छौ कि आफ्नो हैसियतले भ्याएसम्म मात्र मनाउनुहोस...।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्