विराटनगरको मुख्य सडकमा देखिन्छन् ‘नो पार्किङ’ तर, त्यही हुन्छ किन सवारी साधन पार्किङ….

<span class='c1'>विराटनगरको मुख्य सडकमा देखिन्छन् ‘नो पार्किङ’ तर,</span> <span class='c2'>त्यही हुन्छ किन सवारी साधन पार्किङ….</span>

प्रेम देवान
विराटनगर २३ भदौ । विराटनगरको बजार एरीयमा खटिएका ट्राफिक प्रहरीलाई अहिले काँधमा अर्को डिउटी थपिए पछि टाउको दुखाईको भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ र बिराटनगर महानगरपालिकासँगको समन्वयमा गत साउन १ गतेदेखि सडकमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लागु भएपछि ट्राफिक प्रहरीलाई विराटनगर ट्राफिक चोकदेखि जलजला चोक सम्म रहेको नो पार्किङ राखिएका सवारी साधन ओसार्न मै व्यास्त हुने गरेका छन् ।

[caption id="attachment_64011" align="alignnone" width="1280"] विराटनगरको मुख्य सडकमा नो पार्किङ लेखिएका स्थानमा जबर जस्ती सवारी साधन राखिएका मोटरसाईल कार्यलय तर्फ लैजादै ट्राफिक प्रहरी ।
तस्विर ः प्रेम देवान अवार विराटनगर[/caption]

बिराटनगरको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गर्ने करिब डेढ सय सवारीधनी कार्यलयलमा ल्याएर कारबाही पनि गरिसकेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले मुख्य बजार क्षेत्रमा नो पार्किङ लेखिएको स्थानमा जबरजस्ती पार्किङ गर्ने १ सय ५० बढिलाई डेढ महिनाको अवधीमा कारबाही गरिसकेको छ ।
ट्राफिक प्रहरीले ‘नो पार्किङ’ लेखिएको स्थानमा जबरजस्ती पार्किङ गर्नेलाई कारबाही गरि करिब ५० हजार भन्दा बढी जरिवान सकंलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ ।

यस अघि एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यलयले गत साउन १ गतेदेखि पार्किङ निषेधित गरेको थियो ।
बिराटनगर महानगरपालिकासँगको समन्वयमा सडकमा पार्किङ निषेध गरिएको भएपनि जबर जस्ती पार्कीङ गरि राख्ने १५० जनालाई कारबाही गरिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव पोखरेलले जानकारी दिनुभयो।
‘बजारमा दुवै साइड नो पार्किङ लेखिएको देख्दा – देख्दै पनि अटेर गरी पार्किङ गर्नेलाई ३ पटक सम्म सम्झाई बुझाई पठाउने गरेका छौ,‘त्यसपछि पनि बारम्बार पार्किङ गरिएको भेटिए – ५ सय देखि एक हजार सम्म जरिवान तिराउदै आएका छौ ।’
नो पार्किङको बारेमा हामीले,‘बारम्बार माईकिङदेखि लिएर पर्चा बाढ्ने काम पनि भयो, अझै पनि आम – जनमानसमा चेतना नभएको कारण यसरी पार्किङ गरेको हुन सक्छन् । बजार क्षेत्रमा दैनिक ३ देखि ४ सय मोटरसाईकल र ६० देखि ७० चारपाङ्ग्रे गाडी पार्किङ हुदै आएको थियो । बजार क्षेत्रको अस्तब्यस्तलाई ब्यवस्थापन गर्न पार्किङ निषेध गरिएको निरीक्षक पोखरेलले बताउनुभयो ।
अहिले सवारी साधनलाई गुद्रीको ए र बि प्लटको खाली जग्गा र नमस्कार होटल अगाडी खाली रहेको जग्गालाई पनि पार्किङको रुपमा प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्