के चाहन्छन् तिजमा महिला? विराटनगरका बिज्ञको सुझाव सहित यस्तो छ धारणा

के चाहन्छन् तिजमा महिला? विराटनगरका बिज्ञको सुझाव सहित  यस्तो छ धारणा

विराटनगर, २७ भदाै।  आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । विहानैदेखि दर्शनार्थीको शिव मन्दिरहरुमा घुइँचो लागेको छ । तर पछिल्ला बर्षहरुमा तिज एक महिना अगाडी देखि नै मनाईँदै आएको छ । यसलाई कतिपय महिलाहरुले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले यसलाई नकारात्मक भनेका छन् । महिलाले तिजलाई कसरी लिएका छन् अनी एकमहिना मनाईने तिज के हो र कसरी मनाईनु पर्छ भनि सोधिएको प्रश्नमा एक नम्बर प्रदेशमा नेतृत्व गर्ने महिला तथा बिज्ञहरुले यस्तो सुझाव दिए ।
सरस्वती पोखरेल, उपसभामुख, प्रदेश सभा, प्रदेश १
तिजमा महिलाहरु हामी आफ्नै समस्यामा केन्द्रीत हुन्छाैँ । बिशेष गरी, पिडा, माईती, दुःख सुखको गुरा गर्ने चाड तिज हो । तर परिवर्तन भएको छ । सामुहिक रुपमा मनाउन थालिएको छ । सबै सँगै मनाउने भावनात्मक रुपमा एकको कुरा अर्कोलाई साटासाट गर्ने गरेका छन् । त्योसम्म राम्रो पक्ष हो । तर भड्किलो र उत्ताउलो तिज हुनु हुँदैन । बिचका ७-८ बर्ष निक्कै नै बिकृती आयो । ठुला तारे होटलहरुमा मदिराले महिला लठ्ठ भएका समाचारहरु पनि नआएका हैनन । त्यो काठमाडौँसँग जेडिएर आएको थियो । त्यसको केही असर बिराटनगरमा पनि पर्यो । तर त्यो लामो समय टिक्न सकेन र अहिले फेरी तिजको स्वरुप पुरानै अबस्थामा फर्किने क्रममा छ ।
कलात्मक रुपमा आएका बिकृती कलात्मक रुपमा नै समाधान गरिनु पर्छ । तिजलाई नकारात्मक रुपमा लिईनु हुँदैन । महिला पुरुषको लागि ब्रत बस्छन् भने पुरुष पनि महिलाको लागि ब्रत बस्न सक्नु पर्छ अनि मात्र हामीले सोचेको जस्तो समानताका कुरा आउँछन् । हैन भने महिलालाई जवरजस्ती ब्रत बस्नै पर्छ भन्ने हैन ।
ईन्दीरा कार्की, उप मेयर, बिराटनगर महानगरपालिका : तिज नेपाल र नेपालीको पहिचान हो । यसले राम्रा कुरा सिकाउनु पर्छ । तीजलाई महिला शसक्तिकरणको रुपमा अगाडी लगिनु पर्छ । ठुला होटेलमा तिज मनाउने मनपरी पैसा माग्ने अनी पैसा नपुग्दा अप्ठेरो पर्ने खालका बाध्यता आउनु हुँदैन । अहिले कतिपय अबस्थामा देखिएका तिजका गतिबिधिले त्यही कुराको संकेत गर्छ । तर त्यो भन्ने बितिकै सबै बिग्रियो भन्ने हैन यसलाई सुधार गर्दै लैजानु पर्छ । घरको परिवारलाई दुःख दिएर तिज मनाउने हैन । तिज भित्रका राम्रा कुरा अंगाल्ने नराम्रो कुरालाई बिस्तारै पन्छाउन सकियो भने हामीले सोचेको जस्तो हामी नेपालीहरुको तिजको रुपमा स्थापित हुने छ।
साबित्रा रेग्मी , प्रदेश सांसद : एउटै महिलाले मात्र डेढ महिना मनाउँदैनन । सबैको सबै ठाउँमा कार्यक्रम र गतिबिधि हुन्छन् त्यही अनुसार सबैले आफ्ना समुहमा मनाउने हो । जहाँ गएपछि तिजको महत्व बढेको महसुस भएको छ । तिजले त एउटा सामाजिक सदभावको रुपमा समेत काम गरेको छ । सबै महिलालाई समेटेको छ । अहिलेको तिज भनेको महिलाले पाएको अवसरलाई कार्यान्वयनमा लग्ने पनि हो । त्यसैले तिज एउटा पर्ब हो तर यो सबै पक्षसँग जोडिएकोले भड्किलो हैन अभियानको रुपमा लैजान सक्नुपर्छ ।
उमिता विश्वकर्मा, प्रदेश सांसद, सुनसरी ।
८ मार्चलाई पहिला महिलाहरुले एक दिन मात्र मनाउने गरेका थिए । अहिले त्यो ७ दिनसम्म मनाईन्छ । त्यसैगरी तिजको स्वरुपमा पनि परिवर्तन भएको महसुस भएको छ । धरानजस्तो ठाउँमा पनि अहिले संस्कृती जोगाउनको लागि तिज कार्यक्रमहरु भई नै रहेको छ । तर यसलाई महिला शसक्ति करणको आन्दोलनको रुपमा अगाडी बढाईनु पर्छ । यो पर्ब संस्कृती जोगाउने रमाईलो गर्नेसँग सम्बन्धित भएर अघि सर्नु पर्छ । यो हैन की, ह्वीस्की र ब्राण्डिङसँग रमाउने । विशेष गरी महिलाहरुलाई एकै ठाउँमा रमाउने र अधिकारका कुर।ा उठाउने गरी अघि बढ्नु पर्छ । 
यशोदा अधिकारी, प्रदेश सांसद, मोरङ ।

यो तिजले सबै समुदायलाई एक अर्कामा जोडेको कुरालाई कसैले बिर्सन हुँदैन । हामील देखेका धेरै गाउँका तिज कार्यक्रम पनि महिला लक्षित आन्दोलनका रुमा अघि बढेका छन् । तिजमा रमाईलो पनि गर्न पाईने अनी सबैसँग भेटघाट हुने भएपछि यसले एउटा सकारात्मक भुमिका खेलेको छ । तर जुन एक महिना देखि तिज मनाईँदै आएको भनिएको छ त्यो सभ्य रुपमा हुनुपर्छ । गहना बेचेर तथा भएका खेतसँगै घडेरी बेचेर तिज मनाउनु पर्छ भन्ने हुँदैहैन । त्यसैले आफ्नो आर्थिक अबस्थाका आधारमा एउटा महिला आन्दोलन र अभियानको रुपमा तिज मनाउन सकियो भने सबैको लागि हितकर हुन्छ ।

कुसुम श्रेष्ठ, प्रदेश सांसद, धनकुटा । हामीलाई त धेरै ठाउँमा तिजको लागि बोलाउनुहुन्छ । हामी जान्छौ पनि । महिला भएको कारण सपोर्ट पनि गर्नै पर्ने हुन्छ । तर यो तिज भनेको एक महिना देखि मनाउनु पर्छ भन्ने छैन । तर अहिले पर्वको लागि भन्दापनि रमाईलोको लागि तिज केही समय अगाडी देखि नै मनाउन थालिएको छ । यसलाई रमाईलो र एउटा अभियानको रुपमा मनाएको देखिन्छ । मलाई त लाग्छ दुई दिनको जिन्दगी मस्ती नै गर्नुपर्छ तर अनुत्पादक रुपमा हैन त्यो रमाईलो त्यो मस्ती उत्पादन मुलक हुनुपर्छ । कुनै गाउँमा एक हप्ता अगाडीदेखि आफ्नो गाउँको संस्कार र संस्कृती जोगाउनको लागि सबै लागेर रमाईलो गरेका छन् भने त्यो एकदमै राम्रो पक्ष हो । तर होटलमा गरिने तडक भडक ठिक हैन ।
सिमा आभास, साहित्यकार । कसैले तिजमा खान आईज भन्छ भने कसैको केही बिग्रँदैन, गएर खाँदा हुन्छ । अर्को कुरा महिलाले एक महिना साथिभाई सबै मिलेर दर खाए भन्दैमा त्यो सबै सकियो भन्ने कुरा पनि हैन । सकारात्मक कुरालाई सबैले आत्मसाथ गर्नसक्नु पर्छ । हरेक पुरुषहरुले रातै पिच्छे टिल्ल भएर दर खाएर आउँदा महिला चुप लागेकी नै हुन्छे भने कुनै महिलाले साथिले बोलाएको ठाउँमा खर खानको लागि गईन् भने त्यत्रो नराम्रो मानिरहनु पर्ने जरुरी छैन । यो पर्ब हो रमाईलो, नाचगान हुन्छ ।
निरा भगत, अधिवक्ता, थारु महिला : हामी थारु महिलाहरुले यसरी एक महिना तिज नै मनाउँदैनौ । एक दिन ब्रत बसेर चोखो भएर रमाईलो गर्ने हो । तर अहिले सुनको प्रदर्शन गर्ने त होडवाजी नै चलेकोले यसलाई प्रदर्शन गर्ने या देखाउने रुपले मनाईँदैछ । तर यसरी मेरो विचार महिलाले तिज मनाउँदा आफु खुसी हुन सक्नु पर्छ । यो हैन की अरुलाई दुखि बनाउँदै आफु खुसि हुने ।
बिमला घिमिरे, अनेमसंघ : महिलाले दर खाएको कसैले बिरोध गर्छ भने पटक्कै मनै पर्दैन । तिज मनाई रहँदापनि महिला अधिकार र दुख सुखका कुरा छलफलमा ल्याईएकै हुन्छ । त्यसैले अहिलेको तिजको बिषयमा आएका टिका टिप्पणी मलाई ठिक लाग्दैन ।
चन्द्र उपाध्याय, उप–प्राध्यापक, सामाजिक शास्त्र, महेन्द्र मोरङ आदर्श क्याम्पस:

नेपालीको पहिचान भनेको नेपाली चाडपर्व हो । हामीले मनाउने मौलिकता हो । तिजमा मात्र हैन हरेक चाडबाडमा बिकृती भित्रिएको हो भन्नेमा दुईमत छैन । तर त्यो भन्ने बितिकै यसलाइ सुधार गर्नै सकिँदैन भन्ने हैन । नेपाली चाडपर्बलाई साँस्कृतिक पर्यटनकौ रुपमा स्थापित गराएर अघि बढाउने हो भने पर्यटक भित्र्याउन पनि सकिन्छ तर त्यसका लागि नेपाली साँस्कृतिक बिशेषता बोकेका चाडपर्बको महत्व लोप हुन दिनु हुँदैन । तिजको संस्कृती लोक संस्कृती र भाकासँग पनि जोडिएको हुन्छ ।
प्रा.डा.सोम खतिवडा, संस्कृतीका जानकार : चाडपर्ब धेरै खालका छन् । महिला सक्रिय हुने पर्ब निक्कै नै रमाईला हुन्छन् । तिज त अझ कला संस्कृती तथा मौलिकतासँग जोडिएर आउँछ । पहिला पहिला संगिनी र बिरह गाउने भएपनि पछिल्लो दिनमा यसको साँस्कृतिक महत्व हराउँदै गएर नयाँ रुपमा आएको छ । तर गित चै गित नै गाएर नाच्नु पर्छ भन्ने देखिन्छ तर पुराना संस्कार भने ओझेलमा परेको छ ।

अञ्जु उपाध्याय, उद्यमी महिला । तिजको अहिलेको रुप हेर्दा अलिक बढी भयो की भन्ने हो । यो पर्बमा त संगिनी खेलेर नेपाली लोक संस्कृतीको पनि त संरक्षणको रुपमा महिलाले काम गर्दै आएका थिए । तर अहिले त त्यस्तो छैन । यो दिर्घायु निरोगीताको लागि पनि गर्ने संस्कार हो । तिजले संस्कार र संस्कृती सिकाउन सक्नु पर्छ यो हैन की हाम्रा संस्कार र संस्कृती नै लोप गर्नुपर्छ । यसलाई एउटा महिला शसक्तिकरण अभियानको रुपमा पनि लिएर जानु पर्छ ।
प्रमिला थापा, नेपाल महिला संघ । तिज एक महिना मनाए भन्ने कुराहरु आईरहेको छ । यसरी तिज एक महिना नै मनाउनु हुँदैन भन्ने हैन । यो महिलाको मनोरञ्जनसँग जोडिएको र आफ्ना कुरा खुलेर राख्ने भएकोले पनि तिजलाई एक महिना नै मनाउन दिईनु् पर्छ । अहिले जुन लगाईको कुरा गर्ने हो भने भड्किलो भयो भनेर कुरा आई रहेको छ । त्यसरी भड्किलो नै भयो भन्ने हैन । महिलाले संस्कृतीको संरक्षण पनि त गरेका छन् ।

प्रमिला थापा, नेपाल महिला स‌घ :– तिज एक महिना मनाए भन्ने कुराहरु आईरहेको छ । यसरी तिज एक महिना नै मनाउनु हुँदैन भन्ने हैन । यो महिलाको मनोरञ्जनसँग जोडिएको र आफ्ना कुरा खुलेर राख्ने भएकोले पनि तिजलाई एक महिना नै मनाउन दिईनु पर्छ । अहिले जुन  भड्किलो भयो भनेर कुरा आई रहेको छ । त्यसरी भड्किलो नै भयो भन्ने हैन । महिलाले संस्कृतीको संरक्षण पनि त गरेका छन् ।

प्रस्तुती : सुमन सुस्केरा/अावर विराटनगर डट नेट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्