पुर्वकी दोहोरी गायिकालाई तिजको चटारो, ‘मागी विहे गरेँ -भागी विहेमा रमाउँछु’

पुर्वकी दोहोरी गायिकालाई तिजको चटारो, ‘मागी विहे गरेँ -भागी विहेमा रमाउँछु’

विराटनगर, २७ भदौ ।
२०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले ईटहरीमा बस्दै आएकी छन् । १४ बर्ष देखि गित गाउन थालेकी गंगाले पुर्बमा एउटा थिती बसाईन्, जुन पुर्बेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनको गित गाउने र अरुले गित गाउने तरिका फरक छ । उनले गाएको गितको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र छैनन् उनले देशका धेरै स्थानमा पुगेर गित गाईसकेकी छिन् ।
पुर्बकी छोरी पस्चिमी गितको प्रभावले अहिले उनी पुर्बेली गितमा भन्दा पनि गण्डकी क्षेत्रका गितमा रुचि राख्छिन् । उनी भन्छिन्, म अलिक बढी पस्चिमेली गित गाईरहेकी छु, लाईभ कार्यक्रमहरुमा दोहोरी गाउन जाँदा निक्कै नै रमाईलो हुने भएकोले लाईभ मै गाउँछु । यिनले शुरुमा गित गाउँदा झम्केफुली, बल्लपालो निर्माया माकुरी जालैमा , खोटाङ जिल्ला दिक्तेल बजार चलेका भाकाहरु रोजाईमा पर्थेँ ।
आवस्यकताका आधारमा गंगाले ३० हजारसम्म एउटा कार्यक्रमको पारिश्रमिक लिँदै आइकीछिन् । तर दर्शको मागका आधारमा जाँदा भने कतिपय स्थानमा थोरै पारिश्रमिकमा पनि गित गाउने गरेको उनले सुनाईन् । उनको अनुभवमा असार–साउनमा दोहोरीको सिजन नभएपनि अहिले तिज भएकोले निक्कै नै माग आउने उनको अनुभव छ । लामो समयदेखि दोहोरी गाउँदै आएकी गायिका गंगाले बिगत ४ बर्ष पहिलादेखि मात्र गितको एल्वम निकाल्न थालेकी हुन् ।
उनले ३५ वटा गितहरु आफ्नै एकल रुपमा गाईसकेकी छिन् । उनको म्युजिक भिडियोमा आएका गितहरु २० को हाराहारीमा रहेको भएपनि अन्य गित अडियोमा मात्र रहेको गंगाले जानकारी दिईन् ।
उनले अहिलेसम्म हाम्रा बाउका ज्याईले, हरितालिका तिज, हातैको मेहन्दी, माईतीको देश, बरी लै लै, नौजाले मायाँ, रक्षा, घिनघिन मादल, हिले पाख्रिवास, सिमलीको भुवा र पार्वती उनले गाएका गितहरु हुन् ।
गंगाका भित्रिकुरा
सामाजिक काममा लागेकी गंगाले सानैमा बच्चा जन्माईन् । श्रीमान्लाई अति नै मायाँ गर्ने उनले भनिन्, ‘तिजको बेलामा श्रीमान्सँगको मायाँ साट्ने हो ।’ मागी बिवाह गरेकी गंगा भागी विवाहमा रमाउँछिन् । फेसवुकमा च्याट गर्न नरुचाउने उनले फेसबुकपनि निक्कै कम चलाउने गरेको सुनाईन । तिजको रौनकतासँगै समाज रुपान्तरणको कुरा जोडिने उनले बताईन् । एउटा गित सुन्दा ५ मिनेटले धेरैलाई ईन्करेज गर्नसक्ने उनको अनुभव छ । गितमा पनि अधिकार सुनिश्चितताका कुराहरु आउने गरेको उनको भनाई छ ।
गित सुनाउन दुबई पुगिन्
दुबईमा भएको तिज बिशेष कार्यक्रममा सहभागी भएर आएकी गंगालाई दोहोरी गायक भएर पुर्बमा निक्कै पिडा महसुस गरेको सुनाईन । उनले भन्छिन्, ‘पुर्बमा दोहोरीको पावर नै छैन । दोहोरी गाउने ब्यक्ति पुर्बमा रहेर गलत गरेँ , पस्चिम तिर यति मेहनत गरेको थिएँ भने निक्कै हिट हुन्थेँ ।’ पस्चिममा भन्दा पुर्बमा दोहोरी कलाकारले निक्कै मेहनत गर्नु परेको उनको भनाई छ ।  (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्