विराटनगरमा संघीय समाजवादी फोरम नेपालको २ दिने प्रदेश भेला

विराटनगरमा संघीय समाजवादी फोरम नेपालको २ दिने प्रदेश भेला

विराटनगर, २८ भदौ । विराटनगरमा सघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने भएको छ ।
प्रदेश नं.१ को विराटनगरमा आगामी असोज ९ र १० गते भेला हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा बिहीबार विराटनगरमा पत्रकास सम्मेलनको आयेजना गरी विराटनगरमा दुई दिने प्रदेश भेला गर्ने जनाएको हो ।
पहिचान सहितको संघीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता र अधिकार सहित एक गैरभौगोलिक सहित ११ प्रदेशको मागको मुद्धालाई उठान गरि भेला आयोजना गर्न लागिएको केन्द्रीय सचिव परशुराम बस्नेतले जानकारी दिनु भयो । तथा राज्यको संरचनाको रुपमा स्वायत क्षेत्र , र गैर भौगोलिक विशेष क्षेत्रलाई राजनीतिक संरचनाको रुपमा कायम गर्दै लैजाने पार्टीको मान्यता रहेको केन्द्रीय सचिव बस्नेतले वताउनुभयो । २ दिने भेलामा पार्टीका केन्द्रिय अध्यक्ष तथा उप प्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पाटीका बरिष्ट नेता अशोक राईको समेत उपस्थित हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्