मोरङ फुटबल एकेडेमी डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

मोरङ फुटबल एकेडेमी डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

विराटनगर, २८ भदौ ।
मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–१ गोल अन्तरले निराश बनाउँदै मोरङ उपाधि होडमा पुगेको हो ।
उसले आगामी शनिबार रेड हर्ष क्लब इलाम र विर्तामोड युनाइटेडबीचको विजेताको समाना गर्नु पर्नेछ । मोरङको जितका लागि दुबै गोल पहिलो हाफमै सम्भव भएको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा मोरङको पक्षमा पुग्यो । दोस्रो हाफपछि खेललाई सुधार गरे पनि मोरङले गोल संख्या तीन पु¥याउन सकेन । मोरङको जितका लागि संजोग राई र विदेशी खेलाडी प्रेकले एक÷एक गोल गरे । चर्च ब्वाईजका तर्फबाट निरज बस्नेतले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।
३७ औं मिनेटमा संजोग राईले गोल गर्दा मोरङ अगाडी बढ्यो । राईले प्रंहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक बिवश चौधरीले क्लियर गर्न नसक्दा रिवाउण्ड भएपछि उनैले वान टच जाली चुमाउँदा चर्च ब्वाइज दबावमा प¥यो । पहिलो हाफको अन्त्यमा अर्को गोल थप्दा मोरङलाई जितका लागि पर्याप्त बन्यो । एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितीमा नजिकैबाट बललाई पोष्टको दर्शन गराउँदा खेल २–०को स्थितीमा पुग्यो ।
७८ औं मिनेटमा निरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजले अर्को गोल गर्न नसक्दा जित निकाल्न सकेन । एक्लै अघि बढेका उनले मोरङका गोल रक्षक किशोर गिरीलाई विट गर्दै पोष्टको बाटो देखाएका थिए । चर्च ब्वाइजले अर्को गोल फर्काउन नसक्दा उसको फाइनल यात्रा टुँगियो ।
२५ औं मिनेटमा कप्तान अरुण श्रेष्ठ चुक्दा पाहुना टिम चर्च ब्वाइजले सुरुवाती अग्रता लिने अवसर गुमायो । ३१ औं मिनेटमा खमिर गिल्सन कान्दङवाको प्रहारमा विपक्षी गोलरक्षक गिरी बाधक बने । ३३ औं मिनेटमा भुवन बस्नेतको प्रहारले पनि पोष्ट देख्न नसक्दा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । ५२ औं मिनेटमा अरुण श्रेष्ठको प्रहार वायाँ बार हुँदै बाहिरिंदा चर्च ब्वाइज अभागी ठहरियो । ६६ औं मिनेटमा निजर बस्नेतको प्रहारले पनि पोष्ट देखेन । ६९ औं मिनेटमा उनकै प्रहार क्रसबारमाथिबाट बाहिरिनु चर्च ब्वाइजका लागि दुर्भाग्यपूर्ण बन्यो । ७१ औं मिनेटमा दिपेश श्रेष्ठको प्रहारले विपक्षी बार भत्काउन नसक्नु चर्च ब्वाइजको हारको मुख्य कारण बन्यो ।
३५ औं मिनेटमा कर्ण लिम्बूको प्रहारमा विपक्षी गोल रक्षक चौधरी बाधक बनिदिंदा दुई मिनेट अगाडि अग्रता लिने अवसरको मोरङले सदुपयोग गर्न सकेन । लिम्बू पटक पटकको प्रयासमा पनि सफल हुन सकेनन् । ६० औं मिनेटमा शौजन राईको प्रहारलाई गोलरक्षक चौधरीले रोकिदिए । ७० औं मिनेटमा कर्णको सहयोगमा संजोग राई ढिलो हुँदा मोरङले अर्को गोल थप्न सकेन । ७३ मिनेटमै कर्ण वान भर्सेस वानको स्थितीमा असफल बने ।
खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेललाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार प्रदान गरे । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा रेड हर्ष क्लब इलाम र विर्तामोड युनाइटेडबीच प्रतिष्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्