मोडल मोनिका बजाजद्धारा विराटनगरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोडल मोनिका बजाजद्धारा विराटनगरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, २९ भदौ । मिस हिमालयनकी वेष्ट भ्यूवर च्वाईस तथा मिस पपुलारिर्टी मोनिका बजाजले विराटनगरको एक विद्यालयका छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् ।
विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई शुत्रबार बालदिवसको अबसर पारेर २ सय थान शैक्षिक सामाग्री विरतरण गरेकी हुन् । विद्यालयमा आयोजित एक कार्यक्रम विच विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीको हातबाट शैक्षिक सामाग्री विरतरण गरेकी हुन् ।
सामाजिक कार्य अन्र्तगत विद्यालयका छात्रा छात्रहरुलाई कपि, पेन्सिल, डटपेन, ईलेजर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको मोडल मोनिका बजाजले जानकारी दिईन् । विद्यालयमा अति विपन्न परिवारका छात्राछात्रहरुलाई सामाजिक सेवा अन्र्तगत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिको उनले बताईन् । विराटनगरमा रहेको लियो ईनोभेटिभ स्टारको सहकार्यमा उक्त शैशिक सामाग्री वितरण गरिएको थिया । बालदिवसको अबसरमा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्