विराटनगरका समाजसेवी गोयलद्धारा सत्यनारायण स्कुललाई २ थान कम्प्युटर प्रदान

विराटनगरका समाजसेवी गोयलद्धारा सत्यनारायण स्कुललाई २ थान कम्प्युटर प्रदान

प्रेम देवान
विराटनगर, २९ भदौ । विराटनगर ७ मा रहेको श्री सत्यनारायण उच्च मावि विद्यलयलाई समाजसेवी दिनबन्धु गोयलले २ सेट कम्प्युटर प्रदान गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने अभिप्रायले समाजसेवी गोयलले कम्प्युटर प्रदान गरेका हुन । गोयलले विद्यालयका प्राचार्य धर्मानन्द खरेललाई शुक्रबार एक कार्यक्रम विच कम्प्युटर सेट हस्तान्तरण गरेका हुन ।
सत्यनारायण माध्यमिक विद्यालयका ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति तथा पुरस्कार वितरण समेत गरिएको छ । विद्यालयमा बालदिवसको अवसरमा विद्यालयका मेधावी छात्र–छात्रालाई पुरस्कार तथा छात्रबृति वितरण गरिएको हो । कार्यक्रममा सुमनदेवी गोयल छात्रबृति कोषबाट बिद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्यनरत १२ जना मेधावी छात्र–छात्रालाई नगद सहित पुरस्कृत गरिएको छ । जसमा कक्षा ९ र १० मा प्रथम,द्वितीय र तितृय हुने विद्यार्थीलाई ३ हजारका दरले र कक्षा ११ र १२ मा प्रथम, द्वितीय र तितृय हुने विद्यार्थीलाई ४ हजारका दरले छात्रबृति प्रदान गरिरएको हो ।
यसैगरि रामनारायण मिश्र छात्रबृति कोषबाट बिद्यालयको कक्षा ११ र १२ अध्यनरत ३२ जनलाई जनही ३ हजारका दरले नगद छात्रवृति प्रदान गरिएको छ । विद्यालयले प्रदान गर्दै आएको शैक्षिक पुरस्कार यसबर्ष विद्यालय प्रथम हुने दुईजना विद्यार्थीलाई प्रयोगात्मक नेपाली शब्दकोष प्रदान गर्दै पुरस्कृत गरिएको छ भने कक्षागत प्रथम, द्वितिय र तितृय हुने ३६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
कार्यक्रममा सुमनदेवी गोयल छात्रबृति कोषका संरक्षक एवम समाजसेवी गोयल, विद्यालयका प्रचार्य खरेल र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुलचन्द्र वस्तीले बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्