विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

प्रेम देवान
विराटनगर ३०  भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ ।
विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट  हुने भएको छ ।
लाईभ म्यूजिक कन्सर्टमा  पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नितेश जंङ्ग कुँवर , प्रत्यन श्रेष्ठ लगायतको प्रस्तति रहने आयोजकले जनाएको छ ।
युटुवमा नितेस जङ्ग र प्रत्यन्न श्रेष्ठलाई फ्लो गर्ने उनका धेरै प्रशंसक  रहेका छन् नितेशको ‘लौन के गर्ने ’ एल्बमको ‘ राजधानीमा धुलो, धुवा सास फेर्न नै सारो भो जाँदा लाको सेतो कपडा, पुग्दा कालो भो कल्ले के भन्ने, जिउन लास्टै गाह््रो भो ’ गीतको बोल गीत युटुवको ट्रेन्डिङ्ग एकमा समेत परिसेको छ ।
विराटनगरमा धेरै समयपछि हुन लागेको म्यूजिकल कन्सर्ट  पूर्वाअञ्चल बालआश्रमालाई सहयोगका निमित्त गर्न लागिएको लाईभ म्युजिकका कार्यक्रम संयोजक करन जैनले जानकारी दिए ।
शनिबार हुनलागेको कन्सर्ट  टिकटबाट उठेको रकम पूर्वाअञ्चल बाल आश्रमलाई सहयोग गरिने संयोजक जैनले बताए ।
म्यूजिक कन्र्सटमा नितेस जङ्ग र प्रत्यकका अलवा स्थानिय ‘सुभम एण्ड द ब्याण्ड’ सौरभ भट्टराई र भाइरल डान्सको प्रस्तुति रहने जनाईएको छ । पशुपती बिष्कुटले प्रायोजक गरेको कार्यक्रम शनिबार होटल नमस्कारमा दिउसो ३ बजेदेखि राती ९ बजे सम्म हुने आयोजकले जनाएको छ । यस कार्यक्रममको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ । विराटनगरका बाहिरका दर्शकको लागी आवर विराटनगरले प्रत्यक्ष प्रशारण पनि गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्