विराटनगरमा रहेको अल्फाबिटाले पूर्वका तीन ठूला शहरमा शैक्षिक मेला गर्ने

<span class='c1'>विराटनगरमा रहेको अल्फाबिटाले पूर्वका तीन</span> <span class='c2'>ठूला शहरमा शैक्षिक मेला गर्ने</span>

विराटनगर, ३० भदौ । विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शैक्षिक मेला गर्ने भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला विराटनगर, धरान र इटहरीमा गर्ने गर्ने तयारी भएको हो । अल्फाबिटाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी आइतबार धरान, सोमबार विराटनगर स्थित नमस्कार होटल र मंगलबार इटहरीमा शैीषक मेला गर्ने जानकारी दिएको हो ।
अल्फाबिटा कन्सल्टेन्सी विराटनगरका प्रबन्धक टिका ढकालले फेयरमा अस्टेलिया, अमेरिका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षाकालागि बिदेश जान चाहाने विद्यार्थीहरुलाई जानकारी गराउने बताए ।
२० वटा स्टल राखिएको फेयरमा अष्टे«लियाबाट मात्र १४ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरु आउने उनले जानकारी दिए ।  विराटनगरमा सोमबार हुन लागेको फेयरमा ५ सय बढी विद्यार्थीहरुले अवलोकन गर्ने सक्ने अल्फविटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्