विराटनगर, ३० भदाै । मोरङकाे बेलबारी नगरपालिका -८ कदम चौककाे खाली जग्गामा फुटवल खेल्ने क्रममा अचानक बेहोस हुदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो साढे बाह्र बजेको समयमा बेलबारी नगरपालिका -८ कदम चौक घर भएका गणेश बस्नेतको छोरा बर्ष-१८ का नारायण बस्नेत घर नजिकै फुट्बल खेल्ने क्रममा एक्काशी लडी बेहोश भएका थिए। बेहोस अवस्थामा रहेका नारायणलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो।