प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार प्रदान

प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार प्रदान

विराटनगर, ३१ भदौ ।
प्याब्सन मोरङले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिताका विजयी विद्यालयहरुलाई विराटनगरमा नगदसहित ट्रफि तथा मेडल प्रदान गरिएको छ । निजि विद्यालयलाई लक्षित गर्दै आयोजना गरिएको प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुुरस्कार प्रदान गरिएको हो । क्विजतर्फ न्युु प्यागोडा स्कुल पथरी प्रथम , भानु मेमोरियल स्कुल रंगेली द्धितिय, सगरमाथा स्कुुल विराटनगर तीतृय तथा केयु एकेडेमी चाैथाे भएका थिए ।
यसैगरी हिज्जेतर्फ मदर ल्याड एकेडेमी विराटनगर प्रथम, न्युु स्टार स्कुुल रंगेली द्धितिय, डिपिएस स्कुुल तीतृय र क्वोस्ट स्कुल सुन्दर हरैचा चौथो भएका थिए । विजयी विद्यार्थीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेलले सयुक्त रुपमा नगद , ट्रफी तथा मेडल प्रदान गरे भएको थियो ।
क्विजतर्फ पहिलो, दोस्रो, तेश्रो तथा चौथो हुनेले क्रमश २५ हजार , २० हजार , १५ हजार तथा १० हजार प्राप्त गरेका छन । यसैगरी हिज्जेतर्फ १५ हजार, १० हजार, ५ हजार र ३ हजार प्राप्त गरेका छन । प्याब्सनले १७ वटा स्थानीयतह मध्ये १६ वटा स्थानीयतहका विद्यालयका विद्यार्थीलाई छनौट गरी प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता दुई महिनासम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्