बिराटनगर लिटल आइकनका प्रतिस्पर्धी पुगे पुर्वान्चल बालआश्रम

बिराटनगर लिटल आइकनका प्रतिस्पर्धी पुगे पुर्वान्चल बालआश्रम

बिराटनगर भदौ ३१ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतिस्पर्दीले बाल दिवसको अवसरमा बिराटनगरको पुर्वान्चल बाल आश्रममा बालबालिका लाई सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुले आश्रममा बिभिन्न खानेकुरा लागायतका सामग्री प्रदान गरेका थिए  । भाईरल डान्स स्टुडियोको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल राण्डमा उतारिने आयोजकले जनाएको छ ।

विभिन्न स्कुलबाट छानिएका २० जना छात्र २० जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फिनाले असोज ६ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्