विराटनगरको एम्स कलेजमा पहिलो पाईलाको तालिम

विराटनगरको एम्स कलेजमा पहिलो पाईलाको तालिम

विराटनगर ३१ भदौ । विराटनगर ९ मा रहेको एम्स कलेजमा पहिलो पाईला नामक सामाजिक सस्थाले नेतृत्व विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।
युवा वर्गमा भएको भित्री क्षमता अभिवृद्धीलाई कसरी अगाडी बढाउन सकिन्छ तथा आम जनमानसमा कसरी नेतृत्वदायी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा युवा वर्गलाई तालिम प्रदान गरिएको थियो ।
विराटनगरका करिब ६० जना युवा बर्गलाई नेतृत्व तथा क्षमता अभिवृद्धी सम्बन्धी तालिम दिएको पहिलो पाईलाका संस्थापक अध्यक्ष सुभाष गौतमले जानकारी दिए । नेतृत्व विकास सम्बन्धी एम्स कलेजका प्रिन्सीपल चिन्तामणी बस्नेत र बलराम पन्तले तालिम प्रदान गरेका थिए । कार्यक्रमलाई अल्फाबिटा कन्सलटेन्सी विराटनगरले प्रायोजन गरी सहयोग गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्