संविधान दिवस मनाउन प्रदेशको १ नम्बर तयारी, प्रदेश सरकारको कार्यक्रम विराटनगरमा हुने

संविधान दिवस मनाउन प्रदेशको १ नम्बर तयारी, प्रदेश सरकारको कार्यक्रम विराटनगरमा हुने

 

विराटनगर, १ असोज ।
एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए ।
प्रदेश सरकारको आगमन सँगै पहिलो पटक संबिधान दिवस प्रयोगको रुपमा लिईएकोले सबैको सहभागितामा संविधान दिवस मनाउन लागिएको उनले बताए । अहिलेसम्म भएका बिभिन्न कार्यक्रममा कम उपस्थिती हुने तथा सरकारले आब्हान गर्ने दिपावलीको नागरिक स्तरबाट सहयोग नहुने प्रसङगमा मन्त्री कार्कीले यो हामी सबैको हो भन्ने प्रत्याभुती नागरिक स्तरमा दिलाउन नसकिएको उल्लेख गरे । ‘सबैको अपनत्व हुने गरी संबिधान दिवस मनाईनु पर्छ, मन्त्री कार्कीले भने, जनताले सरकार प्रति विस्वास गर्न सकेका छैनन्, यो मेरो हो भन्ने अपनत्व गराउन सक्नुपर्छ ।’ हरेक दिवसहरुलाई आम नागरिकको आस्थाको रुपमा स्थापित गराउने हो तर सबैभन्दा महत्वपुर्ण कुरा भनेको संविधान सबैको आस्थाको केन्द्र हुनुपर्छ त्यो भयो भने मात्र धेरै काम गर्न सक्ने उनले बताए ।
मन्त्री कार्कीले संबिधान दिवसमा कुनैपनि संबिधान बिरोधी गतिबिधि भए तत्काल नियन्त्रणमा लिएर ति ब्यक्तिलाई कानुनी कार्वाही गर्ने बताएका छन् ।
संबिधान दिवस मनाउने सन्दर्भमा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले प्रदेशमा २, ३ र ४ गते दिवस मनाउन भब्य तयारी भएको बताए । प्रदेश स्तरको कार्यक्रम प्रदेशको अस्थायी राजधानी बिराटनगरमा मनाईने र अन्य सबै १ सय ३७ वटै स्थानीय तहले प्रदेश सरकारको योजना अनुसार संबिधान दिवस मनाउने उनले जानकारी दिए ।
प्रदेश स्तरको कार्यक्रमको लागि जातिय झाँकी, मञ्च ब्यवस्थापन, झाँकीलाई कलात्मक बनाउने, दिपावली गर्ने बिषयमा महानगरपालिकासँग सहकार्य भईरहेको प्रमुख सचिव न्यौपानेले बताए । ५ सय १ सदस्यीय प्रदेश स्तरिय संविधान दिवस मुल आयोजक समितिको संयोजक शेरधन राई रहेका छन् । समितिले संबिधान दिवस मनाउने बारेमा तयारीलाई तिब्र बनाएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्