विराटनगरको एम्स कलेजले गर्यो बिएचएम सेमिनार, तारे होटलमा प्रशिक्षण दिईने

विराटनगरको एम्स कलेजले गर्यो बिएचएम सेमिनार, तारे होटलमा प्रशिक्षण दिईने

विराटनगर, ३ असोज । विराटनगरको भानुटोलमा रहेको एम्स कलेजले बिएचएमका बिद्यार्थीको लागि सेमिनार सम्पन्न गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगरको पहिलो कलेज एम्स कलेजले यस पटकदेखि बि.एच.एम कार्यक्रम संचालनको लागि सेमिनार गरेको हो । होटल इस्टर्न स्टार विराटनगरमा आयोजित कार्यक्रममा विराटनगरमा बि.एच.एम.अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिएचएम गर्न चाहने विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।
सेमिनारमा काठमाण्डौं गेटवे कलेजका प्रबन्ध निर्देशक सुरेश के.सी. र सोहि कलेजका प्रिन्सिपल डाली खनालले बि.एच.एम. कार्यक्रम तथा सो क्षेत्रको व्यवसायिक सम्भाव्यताका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रेजिडेन्सी रिसोर्टका संचालक प्रकाशजङ्ग अधिकारी , विरगन्ज पब्लिक कलेजका निर्देशक प्रा.डा. दिपक शाक्य, प्रेजिडेन्सी कलेज चितवनका प्रिन्सिपल शम्भु क्षेत्री , काठमाण्डौ हिमालय ह्वाइट हाउस कलेजका अध्यक्ष शम्भु दाहालले आ–आफ्नो प्रस्तुति मार्फत विद्यार्थीहरुलाई उत्प्रेरित गरेका थिए ।
यसै बर्ष देखि सञ्चालनमा रहने बि.एच.एम कार्यक्रमका विद्यार्थीलाई विराटनगरमा अवस्थित एम्स कलेजले आफ्नै तारे होटल, होटल इस्टर्न स्टारमा प्रयोगात्मक सिप विकास गराउनुका साथै चितवनमा अवस्थित चार तारे होटल प्रेजिडेन्सी रिसोर्टमा समेत प्रशिक्षित गराउने जनाईएको छ । साथै सिंगापुर, मलेसिया, चिन र दुबईमा समेत विद्यार्थीहरुलाई इन्र्टनसिप गर्न पठाउने र आफ्ना विद्यार्थीहरुलाई विश्व बजारमा अब्बल बनाउने कलेज प्रमुख सि.एम. बस्नेतले बताए ।
आफ्नै होटल र आफ्नै भौतिक पुर्वाधारले भरिपुर्ण एम्स कलेज विद्यार्थीहरुको पढ्ने शिक्षालय मात्र नभएर सिक्ने कलेको रुपमा समेत रहेको छ, उनले भने । दक्ष जनशक्तीको सँधै अभाव रहेकोले होटल विजनेसमा अब एम्स कलेजले बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष लिएको उनको भनाई छ । दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा कलेजले अहिले पनि बिभिन्न नयाँ नयाँ कार्यक्रम संचालन गर्दै आएकोमा बिएचएम संचालन पछि यो अभियानलाई कलेजले धेरै रोजगार मुलक जनशक्ति उत्पादनमा भुमिका खेल्ने कलेज तथा अध्यक्ष तुलसी प्रसाद पोखरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्