संघीय समाजवादीले संबिधानको बारेमा विराटनगरमा गर्याे अन्तरक्रिया

संघीय समाजवादीले संबिधानको बारेमा विराटनगरमा गर्याे अन्तरक्रिया

विराटनगर, ३ असोज ।
संबिधान दिवसको अवसरमा संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति मोरङले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
स्थानिय झीःपुचः सामुदायिक भवनमा आयोजित कार्यक्रममा सांसद जयराम यादवले संविधान संशोधनको बिषयमा आफुहरुको लाइन यथावत रहेको बताए । उनले वर्तमान सरकारले संबिधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो पार्टी संबिधानको आलोचनात्मक समर्थन गर्दै सरकारमा सहभागि भएको बताए । जिल्ला अध्यक्ष राजकुमार यादवले वर्तमान अवस्थामा आफूहरु संविधानको विरोध वा समर्थन दुवै पक्षमा नरहेको बताउँदै सरकारमा सहभागी हुनुअघि गरिएको बाचाअनुसार संबिधान संशोधन गरिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष युवराज कार्की, केन्द्रीय सदस्यहरु भुराज राई र राजनितिक समिति सदस्य रञ्जु वर्मासहित मोरङ उपाध्यक्ष केशरमान गुरुङ लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्