सन्दर्भ संविधान दिवस: विराटनगरको अरनिको बिद्यालयद्धारा कविता तथा वक्तृत्वकला

<span class='c1'>सन्दर्भ संविधान दिवस: विराटनगरको अरनिको</span> <span class='c2'>बिद्यालयद्धारा कविता तथा वक्तृत्वकला</span>

विराटनगर, ३ असोज । अरनिको आवासिय माध्यमिक विद्यालय विराटनगरले संविधान दिवसको अवसरमा कविता तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । वक्तृत्वकलातर्फ क्रमशः अर्जुन आचार्य, सवनम सुब्बा, अभिषेक चौधरी र गुन्जन अग्रवालले प्रथम, द्वितीय, तृतिय र सान्तवना स्थान हाँसिल गरेका छन् ।
यसैविच कवितातर्फ क्रमशः दिपेश गुरागाई, रुसा चौहान, एलिना पराजुली र अष्टिन कार्कीले प्रथम द्धितिय, तृतिय र सान्तवना स्थान हाँसिल गरे ।
प्रतियोगितामा कलेजमा अध्ययनर कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी रहेका थिए । कवितातर्फ ३२ जना प्रतियोगी सहभागी भएका थिए भने वक्तृत्वतर्फ २५ जना प्रतियोगीको सहभागिता रहेको थियो । प्रतियोगितको विजेता छात्र, छात्राहरुलाई विद्यालयका प्रिन्सिपल राजेश कार्की, सञ्चालक सदस्य डा. भविन्द्र निरौला, शिक्षक अरुण कोइराला, शम्भु आचार्य, शरण गौतम र अर्जुन ढुंगानाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक विमल भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्